असोज २६, काठमाडौँ । रोजगारीको शिलशिलामा कतारमा रहेका नेपालीहरुबाट काभ्रेका एमएनडी (MND) रोग पीडित तिर्थ लामालाई सहयोग रकम हस्तान्तरण गरेको छ ।
काभ्रे रोशी गाउँपालिका वडा नं. २ चण्डीगाउँ घर भई हाल काठमाडौँ स्थित कुलेश्वरमा बस्दै आएका ३४ बर्षिय तिर्थ लामाको उपचार सहयोगार्थ रकम संकन गरी पठाएको हो ।
कतारमा रहेका मिम लोप्चन, तिर्थ तामाङ थिङ, राबहादुर बल, संगम राउत लगायतको सक्रियतामा संकलित सो रकम रु. १ लाख ६ हजार ७ सय रुपियाँ मंगलबार प्रारम्भ खबरका सम्पादक भीम लामामार्फत पीडत तिर्थ लामालाई हस्तान्तरण गरिएको छ । विगत ३४ महिना साउदीमा चालकको रुपमा श्रम गरि फर्किएका लामा अचानक शारिरिक रुपमा थलिन पुगेको पीडित परिवार बताउँछन् । बोली लर्बराउने, हातखुट्टा चलाउन नहुने भएपछि विभिन्न अस्पताल पु¥याएर उपचार गराईरहेका छन् ।
नेपाल फर्किएपछि काठमाडौँमै सवारी चालकको रुपमा कार्यरत पीडित लामा उपचारकै क्रममम आर्थिक अवस्था नाजुक हुँदै गएपछि स्वादेश तथा विदेशमा रहेका नेपालीहरुलाई सहयोगको याचना गरेका थिए । त्यस्तै कतारबाट तिर्थ लामा बचाऔ अभियान अन्र्तगत सो रकम पठाएका हुन् । हाल पीडित लामाको थेरापी विधिबाट उपचार भईरहेको परिवारले बताएको छ ।

