तामाङ समाज कतारको नवौँ अधिवेशन आउँदो २६ नोभेम्बरमा हुँदै

नयाँ नेतृत्वमा महिला र युवालाई प्रोत्सहान

असोज १०, काठमाडौँ । तामाङ समाज कतारको नवौँ अधिवेशन आउँदो २६ नोभेम्बरमा हुने भएको छ ।

सन २००५ मा स्थापना भएको तामाङ समाज कतारको नवौँ अधिवेशन यहि आउदो २६ नोभेम्बर २०२१, शुक्रवारको हुने आयोजकले जनाएको छ । कोभिड – १९ को जोखिमलाई मध्यनजर गरी भौतिक दूरी कायम गर्दै आधुनिक सूचना र प्रविधिको प्रयोगमार्फत भौतिक तथा जुम भर्चुयल दुवै माध्यमबाट अधिवेशन गर्ने भएको छ।

यस पटक युवा पुस्ता र महिलालाई नेतृत्वको लागि प्रोत्सहानका साथ नवौँ अधिवेशन गर्ने भएकोले केहि फरक, रोचक र विशेष रहने आयोजक पक्षले बताएको छ । कतारमा व्यवसाय तथा रोजगारिको शिलशिलामा रहनु भएको तामाङ दाजुभाई तथा दिदिबहिनीहरुले तामाङ समाज कतारको साधारण सदस्यता लिन तथा नविकरण गर्न खुल्ला गरिएको सूचना तामाङ समाज कतारको आधिकारिक सामजिक सञ्जाल मार्फत जारि गरिएको छ ।

सन् २००६ मा स्थापना गरिएको नेपाल आदिवासी जनजाति महासंघ कतारको संस्थापक सदस्य, अन्तरराष्ट्रिय तामाङ परिषदको राष्ट्रिय सदस्य रहेको तामाङ समाज कतारले आफ्नो सदस्यहरुलाई आकास्मिक समस्या आउदा तत्काल उसको परिवारलाई सहयोग गर्न आपतकालीन कोष समेत स्थापना गरेको छ । ‘धेरै गरे अरुको लागि अब केहि गरौँ आफ्नो लागि’ भन्ने नारालाई आत्मसाथ गर्दै समाजले स्थापना गरेको आपतकालिन कोषबाट समाजका सदस्या तथा परिवारमा हुने विपतिमा सहयोग गर्ने भएको छ।

समाजको साधरण सदस्य लिन तथा नविकरण गर्न सिमित समयावधि तोकिएकोले सम्बन्धित सबैलाई १२ नोभेम्बर २०२१ अगावै आफ्नो सदस्यता लिन र नविकरण गर्नको लागि समाजले हार्दिक अपिल पनि गरिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.