अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन सरकारको आग्रह

साउन ३१, काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको जनाएको छ ।

अब अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरुको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो नामसहितको विवरण समावेश गर्न सक्नेछन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.