साउन २७, वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई लेखेको अमेरिकी अध्यागमनसँग सम्बन्धित एउटा पत्रमा गलत तथ्य उल्लेख गरेपछि अमेरिकामा एनआरएनएको गलत तथ्यलाई वेवास्ता गर्न आह्वान गरेको छ।
अमेरिकामा कार्यरत मानवअधिकार र अध्यागमन अधिकारसँग सम्बन्धित संस्था अधिकारले सार्वजानिकरुपमै गलत जानकारीको भ्रममा नपर्न सम्पूर्ण अमेरिकाबासी नेपालीहरुलाई आह्वान गरेको छ। एक महिनाअघिमात्र कार्यभार सम्हालेको एनआरएनए अमेरिकाको बुद्धिसागर सुवेदी नेतृत्वको नयाँ कार्यसमितिले सामाजिक कार्यअन्तर्गत अमेरिकी अध्यागमन क्षेत्रसँग सम्बन्धित पहिलो बक्तब्यमै भ्रमपूर्ण सूचनासहितको पत्र सार्वजानिक गरेको थियो। एनआरएनएले सार्वजानिक गरेको राजदूत खतिवडालाई लेखेको पत्रमा अमेरिकी अध्यागमन विभागले नेपालीसहित केही देशमा नागरिकहरुलाई दिँदै आएको टेम्पोरेरी प्रोटेक्टेड स्ट्याटस (टिपिएस) बारे उल्लेख गरिएको थियो।

तर, यसबारे उसले हुँदै नभएको अर्थात् गलत तथ्य प्रस्तुत गर्दै राजदूतलाई पत्र लेखेको थियो। एनआरएनएको अगष्ट ८ तारिकमा लेखको सो पत्रमा टिपिएस रिडिजाइनेशनसँग सम्बन्धित बिल अमेरिकाको हाउसबाट पास भइसकेको र सिनेटमा पेण्डिंग रहेको कुरा उल्लेख गर्दै भ्रम सिर्जना गरिएको थियो। वास्तविकतामा टिपिएस रिडेजिग्नेसन कुनै बिल नै होइन यो त एक अभियान हो र यो अमेरिकाको गृह मन्त्रालयसँग सिधै गरिरहेको वकालत हो।
यसलाई स्पष्ट पार्दै अधिकारले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘विभिन्न सामाजिक सन्जालहरुमा देखा परेको एन आर एन ए (NRNA) द्वारा प्रचार गरिएको पत्रमा गलत जानकारीहरु भएको हुँदा कृपया त्यसलाई पुनस् पोस्ट नगर्न या शेयर नगर्न हामी अनुरोध गर्दछौं। एन आर एन ए ले नेपाली राजदुतलाई लेखेको भनिएको त्यो पत्र बारे हामीलाई अग्रिम जानकारी दिइएको थिएन, र त्यसमा भएको गलत जानकारीलाई हामी सच्याउन चाहन्छौं। सो पत्रमा भनिए जस्तो हाम्रो टिपिएसको “रिडेजिग्नेशन” को अभियान विधेयक ९बिल० होइन। यो हामीले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्यूरिटी (DHs) संग सिधै गरि रहेको वकालत हो। यस अभियानमा नेपाली राजदुतको समर्थन लाभदायी नै हुने भएता पनि, “रिडेजिग्नेशन” को अभियानमा म्ज्क् को सेक्रेटेरीले प्रमुख निर्णायक भूमिका खेल्ने हुनाले हाम्रो ध्यान वहाँ प्रति नै केन्द्रित छ। “रिडेजिग्नेशन” टिपिएस नविकरण भन्दा फरक छ। “रिडेजिग्नेशन”ले २०१५ भन्दा पछि अमेरिका आएका नेपालीहरुलाई पनि टिपिएसको लागि योग्य बनाउने हुँदा यसले थप नेपालीहरुलाई टिपिएसको लागि आवेदन दिन अवसर दिन्छ।’

उसले रिडेजिग्नेसन र हाउस तथा सिनेटमा जारी लविंग फरक रहेको पनि स्पष्ट पारेको छ। उसले अमेरिकी गृह मन्त्रालय र विदेश मन्त्रालयसँग नेपालीको टिपिएस रिडेजिग्नेसनबारे चाडैंको बार्ता हुने कुरा पनि सार्वजानिक गरेको छ।
उसले नेपाली संघ संस्थाहरु र व्यक्तिहरुलाई दुई कुरामा सहयोग गर्न आह्वान पनि गरेको छ र लेखेको छ,“ हामीले नेपालको टिपिएस “रिडेजिग्नेशन” बारे कुरा गर्न डेपार्टमेन्ट अफ होमल्यान्ड सेक्यूरिटी (DHs) र स्टेट डिपार्टमेन्ट संग चाँडै नै मिटिङ बस्दैछौं। वहाँहरुलाई हाम्रो समुदायले यो कुरामा धेरै चासो राखेका छन् भनेर देखाउनको लागि तपाईंहरुले यी दुई कुराहरु गरेर हामीलाई सहयोग गर्न सक्नु हुन्छ।’ ( व्यक्तिगत रुपमा कृपया पेटिशनमा हस्ताक्षर गरिदिनुहोस् र सक्दो शेयर गरिदिनुहोस् (https;|/bit.ly/RedesignateNepal4TPs)
( यति तपाईंले कुनै संस्थाको प्रतिनिधित्व गर्नु हुन्छ भने तपाईंको संस्था र अन्य संस्थाहरुले पनि टिपिएस को अभियानमा संस्थागत “साईन-अन” (संस्थाको नाम दर्ता गराउने गर्नु र गराउनु होला ।
https;|/docs.google.com/…/1FAIpQLScAV0bqz6JiU9…/viewform ( तपाईंको आफू बसेको क्षेत्रको कँग्रेसको सदस्यसँग सम्पर्क छ भने हामीलाई tpsflleow@adhikaar.org मा सम्पर्क गर्नुहोस्, र कँग्रेसको प्रतिनिधिलाई “डियर कोल्लिग्स लेट्टर” (Dear Clloeagues Letter) मा हस्ताक्षर गराउन सहयोग गर्नुहोस्। यो गर्ने अन्तिम दिन (अगस्ट ११, २०२१) हो। ” टिपिएसमा ३० हजारभन्दा बढी नेपालीहरु अमेरिकामा बैधानिकरुपमै बसोबास गरिरहेका छन् । यसको अबधि अक्टोबर ४ तारिकमा समाप्त हुने र यसबारे अमेरिकी अदालतमा नेपालीसमेतको मुद्धा जारी रहेको छ ।

