एनआरएनए जर्मनीको अध्यक्षमा मिलन पन्त विजयी

साउन १६, बर्लिन । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जर्मनीको अध्यक्षमा मिलन राज पन्त विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्यासी निनम्मा राईलाई २ सय ५७ मतान्तरले पछाडि पार्दै पन्त निर्वाचित भएका हुन्।

पन्तले ८ सय २८ प्राप्त गरे भने राईले ५ सय ७१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। पन्त आफु कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेको दावी गर्दै आइरहेका छन्। उनी निवर्तमान कार्यसमितिको उपाध्यक्ष समेत हुन्। उपविजेता राई पनि एनआरएनए जर्मनीको निवर्तमान कार्यसमितिका उपाध्यक्ष हुन्।

राईलाई नेपाली जनसम्पर्क समिति जर्मनीको संस्थापन पक्ष, नेपाली एकता मञ्चको पनि संस्थापन पक्ष, माओवादी निकट प्रवासी संगठन, विभिन्न जनजाती संघ संस्था र केही महिला अधिकारकर्मी लगायतको समर्थन रहेको भनिएको थियो । पन्तलाई भने काग्रेस र एमालेको संगठनका संस्थापन इतरका एनआरएनहरुको समर्थन थियो।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.