बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

पुस २३, काठमाडौं । कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ । प्रतियोगिताको उपाधि दाबेदार बार्सिलोना कमजोर अवस्थाबाट उक्लेर पछिल्लो समय लयमा आएको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

बिल्बाओको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । त्यस्तै पेड्रीले एक गोल गरे । उता बिल्बाओका लागि इन्की विलियम्स र एल्कर मुनियमले एक–एक गोल गरे । खेलको तेस्रो मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए । १४ औं मिनेटमा पेड्रीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

खेलको ३८ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । ६२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले ३–१ गोलको अग्रता लियो । ९०औं मिनेटमा बिल्बाओका इकर मुनियनले एक गोल फर्काए पनि बार्सिलोना ३–२ ले विजयी भयो । जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लेको छ । लिगमा बार्सिलोनाले १७ खेलमा ३१ अंक जोडेको छ । बिल्बाओ २१ अंक जोडेर नवौं स्थानमा छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.