क्रिस्टियानो रोनाल्डोलाई कोभिड १९ सङ्क्रमण पुष्टि

असोज २८, काठमाडौं । पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस सङ्क्रमण भएको छ।

जुभेन्टस क्लबका अग्रपङ्तिका ३५ वर्षीय खेलाडी रोनाल्डोमा कुनै लक्षण देखिएको छैन तर उनी आइसोलेसनमा बसेका छन्। नेसन्स लिग प्रतियोगिता अन्तर्गत अब बुधवारको निम्ति तय भएको स्वीडेनविरुद्धको खेलमा उनी आफ्नो राष्ट्रको टोलीबाट उत्रिने छैनन्।

पोर्चुगलको फुटबल महासङ्घका अनुसार पोर्चुगल टोलीका अन्य सबै खेलाडी सदस्यहरूको परीक्षण भने नेगेटिभ देखिएको छ।यसअघि सो प्रतियोगिता अन्तर्गत नै आइतवार भएको खेलमा पोर्चुगल र फ्रान्सबीच बराबरी भएको थियो।वीवीसी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.