महिलाहरुको अनियमित महिनावारी हुदाँ खानु पर्ने कुराहरु

धेरै महिलाहरुको महिनावारी गडबड हुने समस्या रहेको हुन्छ । बद्लिदो जिवनशैलीले पनि धेरै महिलाहरुको महिनावारीलाई अनियमित गर्दै लगेको पनि छ । यस्तो अवस्थामा धेरै महिलाहरुले औषधिको सेवन गर्ने गरेको पनि देखिन्छ । यो वाहेक धेरै महिलाहरुले महिनावारीलाई नियमित गर्न धेरै किसिमको उपचार पनि गरिरहेका हुन्छन् । यस्ता किसिमको विभिन्न उपचारले कतिपयलाई फाइदा पुर्‍याउछ भने कतिपयलाई नपुर्‍याईरहेको पनि हुन्छ ।

यसरी महिनावारी अनियमित हुने महिलाहरुले केही यस्ता खानेकुराहरु पनि रहेका छन् जसलाई सेवन गरेमा उनीहरुको महिनावारीको चक्र नियमित हुने देखिन्छ ।

माछाको सेवन

महिनावारी अनियमित हुने महिलाहरुले आफ्नो खानपिनमा माछालाई पनि समावेश गर्नुपर्छ । माछामा प्रोटिनको मात्रा अत्याधिक हुनेगर्छ । यो वाहेक माछामा हेल्दी फ्याट र ओमेगा थ्रि फ्याट्टि एसिड पनि हुने गर्छ । ओमेगा थ्रिले अनियमिततालाई कम गर्नुका साथै पिडा र शरीर सुन्निने समस्यालाई पनि समाधान गर्न सक्छ ।

हरियो धनियाँ

हरियो धनियाँको पात हामी खानेकुरालाई स्वादिष्ट बनाउन र खानेकुरालाई आकर्षक बनाउन मात्र प्रयोग गर्ने गर्छौ । यो वाहेक अचार खान पनि अत्याधिक प्रयोग हुने गरेको छ । धनियाँको हरियो पातको नियमित सेवनले पनि अनियमित महिनावारीको समस्यालाई धेरै हदसम्म समाधान गर्नेगर्छ । धनियाँको हरियो पातलाई पानीमा उमालेर त्यसवाट निस्किएको रसलाई पिउने गर्दा अनियमित महिनावारीको समस्यालाई धेरै नै कम गर्ने गरेको छ ।

मेवा

अनियमित महिनावारी भएका महिलाहरुले मेवाको सेवन गर्ने गर्नुपर्छ । यदि महिनावारीको समय कम भएको अवस्थामा मेवा उपयोगि फल मानिन्छ । अझ महिलाहरुले नियमित जसो मेवालाई खाने गरेमा महिनावारी लगायत धेरै किसिमका समस्याहरु समाधान हुनसक्छ ।

बेसार

हाम्रो स्वस्थ शरिरका लागि बेसारको महत्व धेरै नै रहेको छ । यदि कुनै महिलालाई अनियमित महिनावारीको समस्या रहेको छ भने उनीहरुले आफ्नो खानपिनमा बेसारको मात्रालाई बढाउनु राम्रो हुन्छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.