बङ्लादेशका ११ राष्ट्रिय फुटबल खेलाडी कोरोनाबाट सङ्क्रमित

साउन २३, काठमाडौं । बङ्लादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनौट हुन खेलाइने खेलमा सहभागी हुनुपूर्व परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

“परीक्षण गर्नु पूर्व ती कुनै पनि खेलाडीमा कोरोना भाइरसको लक्षण देखिएको थिएन, तर परीक्षणबाट उनीहरुमा सङ्क्रमण भएको पुष्टि भएको हो,” बङ्लादेश फुटबल महासंघका महासचिव अबु नयीम शोहङले बताए । बङ्लादेशमा अहिलेसम्म दुई लाख ५० हजारभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । ती मध्ये तीन हजार तीनसयभन्दा बढीको मृत्यु भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.