साउदीबाट धादिङका मृतक परिवारलाई आर्थिक सहयोग

साउन ११, काठमाडौँ । साउन ११, काठमाडौँ । रोजगारीको शिलशिलामा साउदीमा ज्यान गुमाएका धादिङका लिलाचन्द्र सापकोटाको परिवारलाई अलमराई कम्पनीमा कार्यरत नेपाली एकता समाजको संयोजनमा आर्थिक सहयोग गरिएको छ।

समाजको संयोजनमा साउदी स्थित अलमराई कम्पनीका आठ वटा शाखा (अलबदिया डेरी फार्म, अलहाम्रा डेरी फार्म, अलरबिया डेरी फार्म, अलदाना डेरी फार्म, सीपीपी टिम, अलखर्ज डिपोट, सीपीपी ०३ युटिलीटि टिम, अलखर्न वेस्टर्न बेकरी र हायल बेकरी) मा कार्यरत नेपालीहरुले सहयोग रकम संकलन गरेका हुन् । सापकोटाको साउदीस्थित अल्मराई कम्पनी वेस्टन बेकरी अल्खर्ज साईडमा कार्यरत सापकोटाको गत जनवरी २२ मा असामयिक मृत्यु भएको थियो। सोही कम्पनीमा कार्यरत नेपालीहरुले सापकोटाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका हुन्।

मानवीय भावना र सेवा भावले सापकोेटाको अल्कपनिय निधनले दुःखी भएका साथीहरुले सा–साना छोराछोरी र उनका परिवारलाई सान्तवना दिन आर्थिक संकलन गरी साउदी रियल ३८ हजार ४ सय १९ (नेपाली रु. १२ लाख २० हजार ) रकम पठाईएको छ । संकलित रकम छोराछोरीको स्वास्थ्य उपचार र पठनपाठनमा सहयोग होस् भन्ने उद्देश्यका साथ ३ जना बच्चाकै नाममा बैंक खाता सञ्चालन गराएर फिक्स डिपोजिट गराएको साउदीबाट बेकरी टिमका सक्रिया सदस्य मिलन तामाङ जानकारी दिए ।

धादिङ जिल्ला स्थित नेत्रवती गाउँपालिका वडा नं. ३ का लिला सापकोटा विगत ६ वर्ष अघिदेखि त्यस कम्पनीमा कार्यरत थिए । उनका श्रीमति सीता सापकोटाका अनुसार लिलाको रक्तचाप उच्च थियो । झण्डै १२ वर्ष अघिदेखि कमाएर परिवार पाल्ने आशा बोकेर साउदीमा पुगेका आफ्ना श्रीमान गुमाउनु परेको पीडाले दिनरात सताईरहेकी भाव विह्वल भई सुनाईन् । अल्मराई कम्पनीमा कार्यरत बेकरी नेपाली कमिटिले मृतक परिवारलाई दुःखको घाउमा मलमपट्टि लगाउने काम गर्दै सापकोटाको मृत आत्माको शान्तिको कामना तथा शोकाकुल परिवारजनमा शान्ति र धैर्यधारणा समेत व्यक्त गरेका छन् ।

त्यहाँबाट पठाएको रकम मृतक सापकोटाको दुई छोरीहरु सुहाना सापकोटा, सलिना सापकोटा र छोरा सुहान सापकोटाको नाममा रहेको बैंक खातामा जनही रु. ३ लाख ९० हजारका दरले डिपोजिट तथा उनका आमा बुबाका लागि रु. ५० हजार खर्च पठाएको अभियानका संयोजक मिलन तामाङले जनाकारी दिए ।

सहयोग रकम पठाउँदै सोही नेपाली बेकरी परिवारका संयोजक बम बहादुर राईले परिवारको सुन्दर भविश्य बोकेर उजाड मरुभूमिको ४०÷५० डिग्रीको घामको चापमा काम गर्न बाध्य भएको सुनाउँदै कामको शिलशिलामा आफ्नो साथी गुमाउदा पिडा भएको सुनाउँदै अबको दिनमा त्यस्तो परिस्थित नअओस भन्ने कामना गरे ।  २०१३ जुलाई १ तरिखदेखि उक्त कम्पनीमा कार्यरत सापकोटाको गत जनवरी २२ मा अचनक ढलेर विहोस् भएपछि अस्पताल पुग्नु अगाडी नै मृत्यु भएको जनाएको छ । नेपाल स्थित धादिङ जिल्लामा उनको बुबाआमा संगै श्रीमति, दुई छोरी र छोरा रहेको बताएको छ ।

भिडियो रिर्पोट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.