बार्सिलोनाद्वारा अलाभेस ५–० गोल अन्तरले पराजित

साउन ५, काठमाडौं । स्पेनिस ला लिगाको यस सिजनको खेल सकिएको छ । आइतबार रातिबाट सकिएको अन्तिम खेलमा बार्सिलोनाले अलाभेसविरुद्ध सानदार जीत दर्ता गरेको छ।

सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टिम अलाभेसविरुद्ध ५–० गोल अन्तरको जीत निकालेको हो। बार्सिलोनाको जीतका लागि लियोनेल मेस्सीले २ गोल गरेका थिए । यस्तै अन्सु फाती, लुइस सुआरेज र लेन्सल सेमेदोले समान १–१ गोल गरे । यो खेलसँगै ला लिगाको जारी सिजन समाप्त भएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.