कुवेतबाट १५५ नेपाली स्वदेश फर्कंदै

असार १९, काठमाडौं । विभिन्न समस्याका कारण कुवेतबाट आफ्नै खर्चमा नेपाल फर्कन आवेदन दिने नेपाली जुलाई ४ को बिहान सवा दुई बजे हिमालयन एयरलाइन्समार्फत् आउँदै छन् ।

कुबेतको दूतावासमा नाम दर्ता गरी नेपालस्थित हिमालय एयरलाइन्सबाट टिकट लिएका १५५ जना शनिबार स्वदेश फर्कन पाउने भएका हुन् । कर्फ्यु बाहेकको समय बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म मात्र हुने भएकाले सो कुरालाई समेत ध्यानमा राख्दै समयमै एयरपोर्ट पुग्न दूतावासले अनुरोध गरेको छ । उक्त उडानमा सहभागीले अधिकतम् लगेज २० किलो र ह्यान्ड ब्याग ७ किलो मात्रै बोक्न पाउने भएका छन् ।

लकडाउनमा परेका फर्वानिया, माहबुल्ला, जिलिब आदि क्षेत्रमा बस्नेहरूलाई चेकिङ हुने भएकाले पासपोर्ट र टिकट साथमा लिई सुरक्षाकर्मीले मागेको अवस्थामा देखाउन दूतावासले अनुरोध गरेको छ । कुनै समस्या परे तत्काल सम्पर्कका लागि दूतावासका अरबी भाषा बोल्ने कर्मचारीहरूलाई सम्पर्क गर्न सकिने पनि दूतावासले जनाएको छ । स्वास्थ्य परीक्षणलागायत प्रस्थानपूर्वको आवश्यक तयारी सक्नका लागि शुक्रबार राति नौ बजे अगाडि नै एयरपोर्ट पुगिसक्नु पर्ने दूतावासले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.