असार १४, काठमाडौं । भलिबलको मुख्य प्रशिक्षकमा प्रज्ज्वलबहादुर सिंह नियुक्त भएका छन् । गत १० गतेको सदस्यसचिवस्तरीय निर्णयानुसार सोही मितिदेखि लागु हुने गरी उनलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको हो ।
काठमाडौं जिल्लामा कार्यरत प्रशिक्षक सिंहलाई समान पद, श्रेणी तथा सेवा कायम रहने गरी प्रमुख प्रशिक्षकमा नियुक्ति गरिएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकद्वारा हस्ताक्षरित पत्रमा जनाइएको छ । २०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषदमा नियुक्त भएका सिंह २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका थिए । ब्रह्म स्पोर्टस क्लबबाट भलिबल खेल्ने सिंह आफ्ना समयमा निकै राम्रा खेलाडीमा गनिन्थे ।

