एट्लेटिको मड्रिड विजयी

असार १४, एजेन्सी । स्पेनिस ला लिगा क्लब एट्लेटिको मड्रिड विजयी भएको छ । घरेलु मैदानमा शनिबार राती भएको खेलमा भट्लेटिकोले अलाभेसलाई २–१ गोलले पराजित गरेको हो ।

एट्लेटिकोको जितका लागि सउल निगुइज र डिएगो कोस्टाले एक एक गोल गरे । अलाभेसका लागि जोसेलुले एक गोल फर्काएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एट्लेटिकोले अग्रता लिएको थियो । खेलको ५९ औं मिनेटमा निगुइजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ७३ औं मिनेटमा कोस्टाले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारे । उनले पेनाल्टीमा गोल गरेका थिए ।

त्यस्तै खेलको इन्जिुरी समयमा अलाभेसले एक गोल फर्काएको थियो । इन्जुरी समयमा अलाभेसका जोसेलुले पेनाल्टीमा गोल गर्दै गोल अन्तर २–१ ले घटाएका थिए । यस जितसँगै एट्लेटिको ३२ खेलबाट ५८ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा यथावत छ । यता पराजित अलाभेस भने समान खेलबाट ३५ अंक जोड्दै १५ औं स्थानमा छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.