ला लिगा फुटबलको तेस्रो स्थानमा सेभिया

असार ९, एजेन्सी । सेभिया स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । भिल्लारियलको घरेलु मैदानमा सोमबार राति भएको खेलमा २९२ को बराबरी खेलेसँगै सेभिया तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।

खेलको १८ औं मिनेटमा पाको अल्कासरले गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाए । ३९ औं मिनेटमा सेभियाका सर्जिओ स्कुडेरोले गोल गर्दै खेल १९१ को बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरु समयमा घरेलु टोलोका पाउ टोरेजले गोल गर्दै भिल्लरियललाई पुनः अग्रता दिलाए । ६३ औं मिनेटमा सेभियाका मुनिरले गोल गर्दै खेल २९२ को बराबारीमा ल्याए । खेलमा दुई पटक अग्रता लिएको घरेलु टोलीले अग्रता जोगाउन नसक्दा भिल्लारियल अंक बाँड्न बाध्य भएको थियो ।

यस बराबरीसँगै सेभियाले ३१ खेलबाट ५३ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यता भिल्लारियलले पनि समान खेलबाट ४८ अंक जोड्दै छैठौं स्थानमा छ । त्यस्तै सोमबार राति नै भएको अर्को खेलमा लेगानेस र ग्रान्डले बराबरी खेलका छन् । लेगानेसको घरेलु मैदानमा भएको खेलमा दुबै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.