विश्वकप फाइनलको जारी खेलमा क्रोएसियाविरुद्ध फ्रान्सले अग्रता

असार ३१, काठमाडौं । विश्वकप फुटबलको फाइनलमा जारी खेलमा क्रोएसियाविरुद्ध फ्रान्सले अग्रता लिएको छ । क्रोएसियाले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता बनाएको हो ।

खेलको १८औं मिनेटमा क्रोएसियाका मारियो मान्डजुकिकले बचाउने हुदा आत्मघाती गोल गर्न पुगे । फ्रान्सका एन्टोइनी ग्रिजम्यानले प्रहार गरेको फ्रिकिक बचाउने हुदा उनले आफ्नै पोष्टमा गोल गर्न पुगे । सुरुवाती समयमा उत्कृष्ट खेलेपनि क्रोएसिया १–० गोलले पछि परेको छ ।रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा सुरु भएको फाइनल खेलमा दुबै टिम २१ औं संस्करणको विश्वकपको उपाधि उचाल्ने लक्ष्यमा छन् ।

 

यो पटकको विश्वकपको उपाधि दौडमा क्रोएसिया नयाँ टिम हो भने फ्रान्स एक पटकको विश्वकप विजेता टिम हो । फ्रान्सलाई पराजित गर्दै इतिहास रच्ने दाउँमा क्रोएसिया रहेका छन् । यता, फ्रान्स भने क्रोएसियालाई पराजित गर्दै दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचाल्ने लक्ष्यमा छ । सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै क्रोएसियाले विश्वकप फुटबलको फाइनलमा पहिलो पटक पाइला टेकेको थियो । विश्वकप फुटबलको उपाधि क्रोएसियाले जितेमा आफ्नो फुटबल इतिहासमा ऐतिहासिक सफलता हात पार्ने छ । अहिलेसम्म क्रोएसियाले विश्वकप फुटबलमा फाइनलसम्मको यात्रा तय गर्न सकेको थिएन ।

सन् १९९८ मा भएको विश्वकप फुटबलमा क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो भने सेमिफाइनलमा फ्रान्ससँग २–१ गोलले पराजित हुदै उपाधि दौडबाट बाहिरिएको थियो । पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाको लागि यो सबैभन्दा ठूलो उपलब्धी हो । यता, फ्रान्सले भने सेमिफाइनलमा बेल्जियमलाई १–० गोलले पराजित गर्दै १२ वर्षपछि फाइनलमा स्थान बनाएको थियो । – एजेन्सी

Satkar Media House
Leave A Reply

Your email address will not be published.