नेपालमा भन्दा विदेशका नेपालीलाई पिरोल्दै कोरोना

ज्ञानकाजी तामाङ । 
करिब ८ महिना अगाडि दलाललाई १४ लाख रुपैया बुझाएर पोर्चुगल आएको दोलखाको राम तामाङ (नाम परिर्वन) को दैनिकी अहिले आम मानिसको जस्तै तर पिडादायी छ । चार कोठा भित्र सिमित दिनचार्यामा गाउबाट लिएको लाखौ रुपियाको पिर छ , अनि डर छ कतै साहुले घरखेत खाने त हैन । देशको अस्थिर राजनितिक प्रणाली र अस्तव्यस्त आर्थिक कारणले अध्यारो भविश्या देखेको उनको लागि साथिहंरुको लहलहै र दलालले दिएको आश्वसन भविश्यको लागि उज्यालो छर्ने प्रकाश देखिन थाले । दलालले १४ लाख रुपैया बुझाए सजिलै पोर्चुगल पुर्याउने र केहि समय पछि सजिलै अस्थाई बसोबासको लागि कार्ड पाउन सकिने र युरोपको जुनसुकै राष्ट्रमा सजिलै “एडजस्ट” हुन सक्ने भन्ने लोभमा परेर १४ लाख रुपैया ऋण लिएर तिर्न समेत हिच्किएको थिएन ।

सुरुसरुमा त ठिकै थियो करिब ८० हजार नेपाली कमाई हुन्थे । तर नत उसको आउने बेलामा लिएको ऋण तिरेर सक्यो नत कार्ड नै पाउन सक्यो । सबैकुरा ठिकै चलिरहेकै थियो अचानाक विश्वाब्यापि रुपमा महामारीको रुपमा लिएको कोरोना भाईरसको आगमण सँगै हरेक कुरामा असन्तुलन हुन पुग्यो । काम गर्ने कम्पनी बन्द हुनपुग्यो । सरकारले लकडाउन गरे । लकडाउन हुदा धेरै गार्राे भएको छ । अधिकांस नेपालीहरु कृषि (बगैंचामा फल टिप्ने), रेष्टुराँ र डिपार्टमेन्टल स्टोरहरुमा कार्यरत छन । हरेक क्षेत्र बन्द छ । गतमार्च १८ देखि देश लकडाउनमा छन । सरकारले राहतको कार्यक्रम घोषण गरेको छ । तर कानुनी हैसियत भएकोले उनले राहात पाउनेवाला छैनन । किनभने सरकारले दिने राहत बैध कामदारको लागि मात्रै । उसको लागि नत सरकारले प्रदान गर्ने राहत प्राप्त गर्ने आधार छ न त काम नै छ ।

उनि जस्तै कति नेपाली पोर्चुगलमा छन त कसैसँग आधिकारिक रेकर्ड छैन तर बिभिन्न अनौपाचारिक तथ्यांक हेर्ने हो भने पोर्चुगलको विभिन्न सहरमा बस्ने करिब ३० हजार नेपाली मध्ये ५ हजार भन्दा बढी गैर कानुनी हैसियतको छन । सरकारले लकडाउन भएपछि कानुनी हैसियत भएको कामदारको हकमा सरकारले कामदारको लागि सुरुवात गरेको राहात प्याकेज सोसियल सेगुरेन्स मार्फत सरकारी कोषबाट मासिक रुपमा प्राप्त गर्ने तलबको ७० प्रतिशत तलब बितरण गर्ने घोषण गरिसकेको छ । त्यसको लागि रोजगारदाताले काम गरिरहेको, कर चुक्ताको प्रमाणपत्र दिनुपर्छ । “कानुनी हैसियत भएको विदेशीलाई अहिले सम्मा खासै समस्या भएको अवस्था छैन । तर कानुनी हैसियत नभएको लागि धेरै गाह्रो भएको अवस्था छ ।” विगत ४ बर्ष देखि लिजवन मा व्यावसाय गरिरहेको बिनोद मगरले भने ।

“कम्पनी हरु बन्दा भएको छ । अहिले सम्म त अलिअलि भएको खर्चले चलाई रहेको अझै लामो समयसम्मा लकडाउन भयो भने चाहि के गर्ने हो केहि थाहा छैन ”। राम तामाङले भने । सरकारले उद्धार गर्लान की भन्ने आसामा थुप्रै नेपालीहरु छन । अहिले सम्मा पोर्चुगलमा २७६८९ जनमा कोभिड १९ संक्रमण भएको छ संक्रमित मध्ये ११४४ जनाको मृत्यु भैसकेको छ भने २६ जना नेपालीलाई अहिले सम्मा कोराना संक्रण भएको छ ।

युरोपेली मुलुकमा मात्रै हैन अहिले विश्वा भरिको नेपाली हरुलाई पनि असर गरेको छ । करिब ३ लाख नेपाली कामदार रहेको मलेसियाको पनि अवस्था जटिल हूदै गई रहेको अवस्था छ । मार्च २८ देखि सरकारले लागु गरेको आवागमण नियन्त्रण अदेश  (movement control order, MCO)  लकडाउन जुन ९ तारिख सम्माको लागि थपिएको छ । १ जनवरी २०२० देखि भिसा सकेको बिदेशी नागरिकलाई MCO को अवधी समाप्त भएको १४ दिन भित्र हवाई टिकट सहित आफ्नो मुलुक फर्कन अनुमती प्रदान गरिसकेको र यसरी फर्कन चाहाने लाई आध्यागमण बिभागमा थप कागज पेस गर्नू नपर्ने तथा कुनै जरिवान समेत तिर्न नपर्ने व्यावस्था सरकारले गरेको छ ।

हाल मलेसियाको म्यानिफ्क्चरिङ, सेक्युरिटी र विभिन्न कम्पनीमा कार्यरत ६० जना नेपालीमा कोरोना भाईरसको संक्रमण पृष्ठि भै सकेको छ । जसमध्ये ५ जना निको भएर काममा फर्किसकेको छ भने बाकि विभिन्न अस्पतालमा उपचाररत रहेको छन । मलेसियामा नेपालीहरुको ठुलो जमात जम्मा हुने व्यापारिक केन्द्र कोत्राया असपासका नेपाली रेष्टुराँहरु सरकारले लकडाउन खुकुलो बनाए बनाएपछि प्रयजसो खुलेका थिए तर ठुलो संख्यामा नेपालीहरुमा संक्रमण देखिन थालेपछि रेष्टुरेण्ट व्यवासायी ले जुन ९ सम्माको लागि बन्द गरेको छ । अहिलेसम्मा मलेसियामा कोरोना संक्रमितको संख्या ६७४२ .पुगेको छ भने ं५२२३ जना निको भएर फर्किसकेको छ भने १०९ जनाको मृत्यु भएको छ । कम्पनीमा कानुनी हैसियतमा कार्यरत नेपाली हरुको लागि खासै समस्या छैन तर गैर कानुनी कामदारको लागि भने धेरै गाह्रो भएको अवस्था छ ।

कम्पनी सँग श्रम सम्झौता गरेको हुदैनन् कम्पनी बन्दा भएपछि बिचल्लीमा परेको छन । कति नेपाली गैर कानुनी हैसियतमा छन त्यसको तथ्यांक दुतावास सँग छैन तर मलेसियामा करिब करिब ३–४ लाखको हारहारीमा नेपाली रहेको र ति मध्ये २०–२५ हजारको संख्यामा नेपाली हरु गैरकानूनी रुपमा रहेको अनुमाण दुतावासको छ । कम्पनी बन्द भएर बिचल्लीमा परेका हरुलाई नेपाली हरुले नै सहयोग गरेर बसेको अवस्था छ । भने गैर आवासीय नेपाली संघ मलेसियाले पनि समस्यामा परेको नेपालीहरुलाई सहयोग गरिरहेको छन । गत साता मलेसियन सरकारले सेलायाङ, सेलाङगर, क्वालालम्पुर आसपासमा बस्ने करिब २५० बढि गैर कानुनी कामदारलाई धरपकड गरेर जेलमा राखेको छ । यसमा कति संख्यामा नेपाली थियो भनेर खुलाएको छैन ।

गैर आवासीय संघ स्वास्थ्या समितिको संयोजक डा. सजिव सापकोटको अनुसार सबैभन्दा धेरै बेलायतमा बसोबास गरेको नेपालीमा मानाविय क्षति भएको छ जहाँ १ हजार जनमा संक्रमण देखिएको छ भने ५१ जनाको मृत्यु भईसकेको छ । त्यसैगरी क्रमस अमेरिकमा १ हजार ५ सयमा कोरोना संक्रमण भएकोमा १५ जनाको मृत्यु भएको छ । त्यसैगरि ज्यान गुमाउने मुलुक हरुमा क्रमस सयुतm अरब ईमिरेन्स ६, आईरल्याण्डमा १, जापानमा १ रहेको छन ।

नेपालीहरुको अर्का प्रमुख गन्तब्या मुलुक कतारमा पनि संक्रमितको संख्या दैनिक उकालो लागिरहेको छ । हालसम्म कतारमा कुल २३६२३ जनामा संक्रमित फैलिसकेको छ जसमध्ये १४ जनाको मृत्यु भैसेको छ भने २८४० जना निको भएर घर फर्किसकेको छ । कतारमा २३०० जना नेपालीलाई संक्रमण भेटिएको छ । तर अहिले सम्मा नेपालीको मृत्यु भएको छैन । साउदी अरब मा हालसम्मा नेपाली संक्रमितको संख्या ३०, आयरल्याण्डमा २२, कुबेतमा ७८, स्पेनमा १२, अष्ट्रेलियामा १२, बेल्जीयममा ६, जापानमा १०, स्विजरल्याण्डमा ५, क्यानाडामा १०, जर्मनीमा ४, फिनल्याण्डमा ४, साईप्रसमा ३, न्युजिल्याण्डमा ३, मलेसियामा ४९, माल्दिभ्समा २,, माल्टमा २ हङकङमा २, म्यानमारमा १ र फ्रन्समा १ जना गैर आवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

विश्वव्यापीकरण को काराणले नेपाली नपुगेको मुलुका नगन्य मात्रमा होलान । विश्वा नै यो महामारीले चौतर्फि संकटमा परेको बेला नेपाली पनि अछुतो रहन सकेको छैन । नेपालमा अहिलेसम्मा १ जनाको पनि यो रोगबाट मृत्यु भएको छैन तर मुलुकको राजनितिक अस्थिरताले मुलुकमा रोजगारी नपाएको कारणले धन कमाउने उदेश्या लिएर विभिन्न मुलुकम पुगेको नेपाली नागरिकको अवस्था दिनानु दिन नाजुक हुदै गई रहेको छ । गैर आवासीय नेपाली संघ स्वास्थ्या समितिको तथ्यांक अनुसार मे ९ सम्ममा विश्वा भरिबाट मृत्यु हुने नेपालीको संख्या ७८ पुगेको छ भने कुल ५५८१ जना मा संक्रमण फैलिन पुगेको छ ।

गैर आवासीय नेपाली संघ र विभिन्न देशको दुतवासले दिएको जानकारी अनुसार तत्काल ६ लाख भन्दा बढि नेपाली तुरुन्तै नेपाल फर्कन चाहन्छन । तर नेपालको न त उद्धार गर्ने तयारी छ न त उनिहरु नेपाल फर्केपछि कसरी क्वारेन्टाईनमा राख्ने भन्ने व्यावस्थापन नै छ । विभिन्न मुलुकले आफ्नो नागरिकलाई उद्धार गर्न निर्देशन समेत दिई सकेको छ , यदि उद्धार नगरे मुलुकको एयरपोर्टमा ल्याएर छोडिदिने सम्माको धम्कि समेत दिई सकेको छ । तर नेपाल सरकार अहिले अन्तरिक खिचतानीमा अल्झेर बसेको छ । नेपाल सरकारले आफ्नो नागारिकलाई जुनसुकै देशमा भए पनि सुरक्षा दिनु आफ्नो कर्तव्या हो । संम्वन्धित मुलुकमा रहेको दुतावास सँग समन्वायन गरि यथासिघ्र चाडो आफ्नो नागरिकलाई ब्यवस्थापन गर्नु अहिलेको सरकारको चुनौति रहेको छ । बेलैमा बिचार गर्न सकेन भने ठुलो संकट नआउला भन्न सकिदैन

रिर्पोटिङको लागि सहयोगि
पोर्चुगलबाट बिनोद मगर
मलेसियाबाट निमा लामा
गैर आवासीय संघ स्वास्थ्या समितिको संयोजक डा. सजिव सापकोट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.