मलेसियाले आवागमनको आदेशको समयावधि दुई हप्ता थप्यो

चैत्र १३, काठमाडौं  । मलेसिया सरकारले कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण गर्न आवागमनको आदेशको समयावधि थप गरेको छ ।

मलेसियामा रहेको नेपाली राजदूतावासले बुधवार एक सूचना जारी गर्दै १८ देखि ३१ मार्च सम्म लागू गरेको आवागमन आदेशको समयावधि १४ अप्रिल २०२० सम्म लागू हुने गरी थप गरेको जानकारी दिएको छ ।

साथै सो अवधिभर मलेसिया सरकारको आवागमन नियन्त्रण आदेशको पालना गर्न मलेसियामा रहेका नेपालीलाई दूतावासले आग्रह गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.