असार २२, काठमाडौँ । चर्चित गायक तथा मोडल गुणराज श्रेष्ठको निवेदन बोलको गीत सार्वजनिक भएको छ । गुणराज श्रेष्ठ स्वयंमको स्वर रहेको गीतमा बि पाण्डेको शब्द , सुवास भुषालको संगीत साथै उदयराज पौडेलको संयोजन रहेको छ ।
भिडियोमा दुई व्यापारी युवा नायिका आँचललाई देखेपछि उनलाई प्राप्त गर्न निवेदन बोकेर हिँडिरहेका देखिन्छ । विकास सुवेदीको निर्देशन रहेको भिडियोमा चर्चित नायिका आँचलका साथमा गुणराज र राजेशको अभिनय रहेको छ । भिडियोमा अनुराग ठकुरीको कोरियोग्राफी छ भने अनिल के मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
भिडीयो हेर्नुहोस ।