यूएईमा कोरोना संक्रमित २ नेपालीको अवस्था सामान्य

चैत ३, काठमाडौँ । विश्वभर फैलिरहेको कोरोना भाइरसको सन्त्रास यूएईमा पनि व्यापक रूपमा रहेको छ । रोजगारीको लागि यूएई गएका २ नेपालीमा समेत केही समयअघि कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।

उक्त भाइरसको सङ्क्रमण देखिएका २ नेपालीको अवस्था सामान्य रहेको त्यहाँस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । उनीहरूको अवस्था सामान्य भए पनि स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे छलफल भइरहेको दूतावासले बताएको छ । दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्ता रीता धितालले कोरोना सङ्क्रमण देखिएका २ नेपालीको यूएईस्थित सरकारी निकायले उपचार गरिरहेको र अवस्था सामान्य रहेको बताएकी छन् । कोरोना सड्क्रड्मित नेपालीको अवस्थाबारे त्यहाँको स्वास्थ्य र परराष्ट्र मन्त्रालयमार्फत् बुझिरहेको दूतावासले जनाएको छ ।

कोरोना सङ्क्रमित २ नेपालीलाई स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे पनि छलफल भए पनि यूएईले आफ्नो देशमा कोरोना देखिएकालाई स्वदेश फर्काउन हालसम्म अनुमति दिएको छैन । सङ्क्रमित व्यक्तिहरूको परिचय भने खुलाइएको छैन । हालसम्म यूएईमा ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.