कुकुरका आकारमा पाइने अनौठो आइसक्रिम !

big bite restro

कार्तिक ६, काठमाडौं । मिठो मानेर खाइने आइसक्रिम विभिन्न स्वाद र रङका हुन्छन । तर ताइवानको जेसीको आर्ट किचनमा कुकुर आकारका अनौठा आइसक्रिम पाइन्छन ।

ताइवानको काओसिउंगस्थित जेसीको आर्ट किचनमा कुकुर आकारका अनौठा आइसक्रिम बनाइन्छ । आफ्नो अनौठो पनका कारण अहिले यो आइसक्रिम निकै लोकप्रिय बनेको छ । यी आइसक्रिम यति धेरै सावधानीपूर्वक बनाइन्छ कि कुकुरको आकार अलिकति पनि बिग्रिँदैन । यस क्याफेमा प्रतिगोटा ४ सयदेखि ७ सय रुपैयाँ पर्ने यो आइसक्रिमको स्वाद लिन ठूलो संख्यामा ग्राहक पुग्ने गरेका छन । विभिन्न ३ खाले स्वादमा पाइने यस आइसक्रिममा मिल्क टी, पिनट तथा चकलेट फ्लेवर रहेका छन ।

यो क्याफेमा आउने ग्राहकले अनौठो आइसक्रिमको स्वाद त लिन्छन नै आइसक्रिमसँगै फोटो खिच्न पनि बिर्सिँदैनन । सोसल मिडियामा लोकप्रिय भएसँगै यसको माग समेत बढेको छ ।

सम्बन्धित समाचार