बहराइनमा दुई तामाङ संस्थाबीच ऐतिहासिक एकता हुदैँ

प्रारम्भ खबर ।
असोज १०, कतार । मध्यपुर्वी एशिया बहराइन राष्ट्रलाई कर्मथलो बनाउदै आइरहेको तामाङहरुको दुई संस्थाबीच ऐतिहासिक एकता घोषणा सभा हुने भएको छ ।

फुटेर होईन जुटे अघि बढौँ, ऐतिहासिक एकता घोषणा सभा सफल पारौं भन्ने नारासहित आज शुक्रबार एकता घोषणा हुने भएको छ । बहराईन तामाङ सेवा समाज र नेपाल तामाङ घेदुङवीच एकता सभा हुने भएको छ । तामाङ भाषा, धर्म, सस्कार तथा संस्कृतिलाई संरक्षण सम्बर्द्धन गर्दै भैपरी आउने समस्याहरुमा हातेमालो गर्ने उदेश्यले स्थापित ती संस्थाहरुवीच एकता हुना लागेको बताईएको छ ।

ओरेनटेल प्यालेस होटेल, मानमा बहराइनमा आज दिउँसो ३ बजे हुने तामाङ संस्थाको संस्थागत भएको ११ औँ वार्षिक उत्सवको तथा एकता घोषणा सभामा विभिन्न समयमा तामाङ समुदायलाई सहयोग गर्नुहुने सहयोगी दाताहरुलाई दुबै सस्थाको तर्फबाट छुट्टाछुट्टै सम्मान गर्ने कार्यक्रम रहेकोेले बहराइनबासी समाजसेवी , व्यावसायि , पत्रकार , कलाकार लगायत सम्पुर्ण लाई उपस्थितिको लागि निमन्त्रणा गरेका छन् ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.