प्रारम्भ खबर ।
भदौ २२, कोठमाडौँ । गोकर्णेश्वर नगरपालिका स्थित वडा नं.–७, दक्षिणढोका खहरेमा सार्वजनिक जग्गा मिचिएर बनाएको संरचनाहरु भत्काउने प्रयासलाई असफल पार्न वडा अध्यक्ष लगायत केही जनप्रतिनिधिहरु लागि परेको खुल्न आएको छ ।
टोल सुधार समितिको सक्रियतामा भने खहरेमाथीको ढलान भत्काउने कार्य भईरहेको छ । मापदण्ड विपरीत खहरेमाथी ढलान निर्माण गरी सार्वजनिक जग्गा समेत मिचि टोललाई नै डुबानमा पार्ने कार्य गर्दै आएको भन्दै गोकर्णेश्वर टोल सुधार समितिको सक्रियतामा उक्त ढलान भत्काउन सुरु गरेको हो । सो अभियानमा सक्रिय टोल सुधार समितिका अध्यक्ष बलराम खतिवडामाथी वडा अध्यक्ष केशब गुरुङले गाली गलौज तथा टोलबाटै लखेटिने भन्दै धम्की दिएपछि काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा हनुमान ढोका प्रहरी कार्यालयबाट बौद्ध महानगरीय प्रहरी वृत्तिमा पक्राऊका लागि पुर्जी आएको छ ।

दुई महिना अगाडी नै हनुमान ढोकाबाट आएको आदेशानुसार बौद्ध महानगरीय प्रहरी वृत्तमा कारवाही प्रक्रिया अगाडी नबढाएपछि भर्खरै सरुवा भई आएका बौद्धका प्रहरी प्रमुख रमेश बहादुर सिंले तत्कालै पक्राउ गरिने स्रोतले बताएका छन् । त्यस बखत नरेन्द्र चन्द उक्त कार्यालयका प्रहरी प्रमुखमा रहेका थिए ।

११ अभियोग सहित गोकर्णेश्वर नगरपालिकामा समेत उजुरी दर्ता भएको छ तर नगरपालिकाले भने त्यस विषयमा चासो नदेखाएको पीडितको भनाई छ । उजुरीमा अनिमियतता, भ्रष्ट्रचार, सरकारी सम्पत्तिको दुरुपायोग, गुण्डाघर्ती लगायत अभियोग रहेको स्रोतले बताएको छ । टोल नै डुबानमा परेपछि स्थानीय जनताको सक्रियतामा प्रत्येक घरधुरीबाट रु. २५ सयका दरले सहयोग उठाई उक्त ढलान फोर्ने काममा खर्च गरिएको छ । पानी परेको बेला त्यस खहरेमाथी मापदण्ड विपरीत बनाएको ढलले गर्दा करोडौ धनमालको क्षति भएको स्थानीयहरुको भनाई छ । पटक–पटक वडा कार्यालय, नगरपालिका र बाग्मति ढल सुधार आयोजनामा समेत ध्यानाकर्षण गराउदा सुनुवाई नभएपछि उक्त कदम चालिएको टोल सुधार समितिका अध्यक्ष खतिवडाले जानकारी दिएका छन् ।
खहरेखोलामाथीको ढलान र वडा अध्यक्ष गुरुङको अक्रामान्यताले गर्दा थली ओरालो, गोकर्ण रिर्सोट, तिवारी टोल, नर्लिङ होटल, ढुंगाना गाउँका खुल्ला शौचालय खहरेमा पसी आसपासका बस्तीहरु रोगको प्रकोपमा परेको खुल्न आएको छ । करिव १० हजार घरहरुको शौचालय खुल्ला रुपमा बाग्मतिमा मिसिएको पाएको छ । उक्त कार्य व्यवस्थापन गर्न टोल सुधार समितिले बाग्मति ढल विकाससंग पहल गरी ६ करोड ७० लाखको योजना सहित टेण्डर पाएका ठेगदार रामेछाप निवासी कान्छाराम तामाङले काम गर्दै आएता पनि खहरेमाथीको ढलानको अवरोधले उक्त कार्य बिचमै अलपत्र परेको जनाइएको छ । ३ सय जनाको हस्ताक्षर वडा कार्यालयमा बुझाउदा पनि वडाले अटेर गरी बाग्मतिमा खुल्ला शौचालय हाल्ने कार्यमा सहयोग पु¥याउँदै आएको स्थानीयबासीको आरोप छ ।
दक्षिणढोकामा ७ करोडको योजना अलपत्र, जनप्रतिनिधि नै विकासको बाधक

