दक्षिणढोकामा ७ करोडको योजना अलपत्र, जनप्रतिनिधि नै विकासको बाधक

प्रारम्भ खबर ।
असार ३०, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका स्थित वडा नं. ७ दक्षिण ढोकामा ७ करोडको योजना अलपत्र भएको छ ।

अधिकार सम्पन्न बाग्मति सभ्यता एकिकृत विकास समिति अन्र्तगतको आयोजनामार्फत बाग्मति नदी खुल्ला ढल मुक्त निर्माणको कार्यमा गोकर्ण फरेष्टी रिर्सोटबाट मूलपानी तिवारी टोल हुदै गोकर्णेश्वर वडा नं. ७ दक्षिणढोका भएर नाराणटार पुलसम्मको खहरेमा ढल हाल्ने कार्य विभिन्न समितिहरुसंग समन्वय भई आ.वा. २०७३÷०७४ मा ठेक्का पट्टा भई कार्य हुदै आएपनि अव्यवस्थित र सार्वजनिक जग्गा मिचेर खहरे छोेपि बनाइएको स्ल्याबका कारण निर्माण कार्य अवरुद्ध भएको छ ।

ढल निर्माण सम्पन्न गर्न समितिले पटक–पटक सूचना जारी गर्दा समेत त्यस क्षेत्रका सरोकारवाला तथा स्थानीय तहबाट कुनै सुनाई नभएपछि गोकर्णेश्वर टोल सुधार समितिलाई पत्र काटि निर्णय लिन २०७५÷१०÷०४ मा उचित निकास निकाल्न माग गरिएको थियो । उक्त पत्रअनुसार टोल सुधार समितिले गोकर्णेश्वर नगरपालिका र वडा नं. ७ को कार्यालयमा समेत समस्याको समाधान खोज्न पुगेको सुधार समितिका अध्यक्ष बलाराम खतिवडाले बताए । सोही क्षेत्रको मनकामना स्कूल अगाडीबाट बाग्मति नदीसम्म बग्ने खहरेमाथी छोपिएको १७० मिटर लामो ढलानले ६ करोड ७० लाखको योजनामा बिचमै अलपत्र परेको बताएको छ ।

उक्त क्षेत्रमा मनकामना स्कूलले समेत सार्वजनिक जग्गा मिचेर स्ल्याब लगाइएकोले योजनाको काम अगाडी बढ्न नसकिएको स्थानीयहरुले बताएको छ । पटक–पटक वडा कार्यालय र नगरपालिकाको कार्यालयमा धाएपनि कुनै सुनुवाई नभएपछि ३ सय घरधुरीलाई अन्याय परेको टोलसुधार समितिले बताएको छ । उक्त खहरेमा गोकर्ण रिर्सोट, नर्लिङ होटल हुँदै पुरै वडाको ट्वाइलेटको ढल मिसिन गई वडा नै दुर्गन्धित बनाएको छ । खुल्ला दिशामुक्त नगर घोषणा गरिएता पनि घरको ढल सिधै बाग्मति नदीमा मिसिदै आएको भन्दै अधिकार सम्पन्न बाग्मति सभ्यता एकिकृत विकास समितिले चिन्ता व्यक्त गर्दै आएको छ ।

टोल सुधार समितिले उक्त विषयलाई लिएर त्यसै क्षेत्रका सांसद कृष्ण राई, नगर प्रमुख सन्तोष चालिसे, र वडा अध्यक्ष केशब गुरुङलाई बारम्बार ताकेता गरेपनि चासो नलिएको गुणासो छ । केही सिमित स्वार्थ पूर्ती गर्नका लागि जनप्रतिनिधिहरु कुनै चासो नदेखाएको टोल सुधार समितिको आरोप छ । वर्षातको समयमा डुवानमा पर्ने र टोललाई नै महामारी फैलाएपनि समस्याको समाधान खोज्न पुग्दा निर्णयको सुनुवाई नगरेको उनिहरुको भनाई छ । उनिहरु भन्छन्– ‘सम्बन्धित निकायले समस्याको निकास दिएन भने हामी संर्घर्षमा उत्रिन्छौँ ।’, ‘सबै नागरिक स्वस्थ र स्वतन्त्रपुर्वक बाँच्न पाउनुपर्छ कसैले हाम्रो स्वस्थ्यमाथी खेलबाड गर्छन् भने हामी छाड्ने छैनौं ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.