विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा

साउन १, काठमाडौं । विश्वकप छनोटको एसियाको दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’मा परेको छ । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार निकालेको ‘ड्र’ अनुसार नेपाल समूह ’बी’ मा परेको हो ।

नेपाल रहेको समूहमा अष्ट्रेलिया, कुवेत, चाइनिज ताइपेइ र जोर्डन रहेका छन् । फिफा वरीयताको एसियाली राष्ट्रको शीर्ष ३४ भित्र परेपछि नेपालले सिधैं दोस्रो चरणको छनोट खेल्न पाएको हो । आठ समूहमा विभाजन गरिएको दोस्रो चरणको छनोटमा ४० टोलीले होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

छनोटबाट आठ समूह विजेता र चार उत्कृष्ट उपविजेता गरी १२ टोलीले एसियाको अन्तिम छनोटमा स्थान बनाउने छन् । नेपाल सहज समूहमा रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.