जिबिएस रोगबाट ग्रसित बिरामी तामाङलाई आर्थिक सहयोग

असार २४, काठमाडौं । सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं. ९ निवासी वर्ष ३५ वर्षीय बिरामी पुर्णमान तामाङलाई उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ।

मलेसियामा रहेका नेपालीहरुले तामाङलाई बचाउन आर्थिक संकलन गरि रु १ लाख ४३ हजार एक सय रकम पठाएको छ । आज बिरामीको स्वास्थ्य अवस्था बुझ्न् पुगेका नेकपाका केन्द्रिय सदस्य एवं पुर्व कानुन मन्त्री शेर बहादुर तामाङमार्फत बिरामीका श्रीमती सीतामाया तामाङ र भाइ सौगात तामाङलाई उक्त रकम हस्तान्तरण गरेका छन ।

बिगत ३ महिना देखि जिबिएस नामक किटानुको संक्रमण बाट ग्रसित तामाङको त्रि बि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।  लायुर लामाको नेतृत्वमा पीडित तामाङलाई बचाउनका लागि मलेसियामा रहेका नेपालीहरुले अभियान सन्चालन गरि आर्थिक रकम पठाएको बताएको छ । लामाले सहयोगी हातहरुलाई आभार प्रकट गरेका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.