मार्टा बनिन विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी

असार ०४, एजेन्सी । ब्राजिल महिला विश्वकप फुटबलको अन्तिम १६ मा पुग्न सफल भएको छ । फ्रान्समा जारी प्रतियोगिताको समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा ब्राजिलले इटालीलाई १–० ले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

समूह सी मा रहेको ब्राजिलको जितमा ६ पटक विश्व वर्ष खेलाडी अवार्ड जितेकी मार्टाले गोल गरिन । उनले ७४ औँ मनिेटमा पाएको पेनाल्टीमा गोल गरेकी हुन । मार्टाले विश्वकपमा समग्रमा गरेको गोल संख्या १७ पुगेको छ।

३३ वर्षकी मार्टाले आफ्नै बुट किस गरेर गोलको उत्सव मनाइन । यो गोलसँगै उनी विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनिन । उनले जमर्नीका स्ट्राइकर मिरोस्लाभ क्लोजको नाममा रहेको कीर्तिमान आफ्नो नाममा लेखाएकी हुन ।

अन्तिम १६ मा स्थान बनाइसकेको इटालीले दुई पटक गोल गर्ने मौका बनाएको थियो । समान ६ अंक भए पनि इटाली गोल अन्तरका आधारमा समूह विजेता बन्यो । यस्तै जमैकालाई ४–१ ले हराएको अस्ट्रेलिया गोल अन्तरका आधारमा समूह उपविजेता बन्यो ६ अंकसहित । समान ६ अंक नै भए पनि तेस्रो स्थानमा रहेको ब्राजिलले समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट टिमको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.