श्रीलंकालाई हराउँदै अष्ट्रेलिया पहिलाे स्थानमा, कप्तान फिन्चको शतक

असार ०१, एजेन्सी । एकदिवसिय विश्वकप क्रिकेट अन्तर्गत हिजो राति सम्पन्न खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ८७ रनले हराएको छ । योसँगै अष्ट्रेलिया अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले श्रीलंकालाई ३ सय ३५ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउने क्रममा श्रीलंका ४५।५ ओभरमा अल आउट हुँदै २ सय ४५ रनमै सिमित रहेपछि अष्ट्रेलियाले जित निकालेको हो ।

श्रीलंकाका लागि कप्तान दिमुथ करुणारत्नेले सर्वाधिक ९७ रन बनाए पनि अरु खेलाडीको फितलो पदर्शनका कारण हार व्यहोरेको हो ।

अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३४ रन बनाउँन ओपनर एवं कप्तान आरोन फिन्चको उच्च योगदान रह्यो । उनले १ सय ३२ बलमा १५ चौका ५ छक्का सहित १ सय ५३ रनको शतक प्रहार गरेसँगै अष्ट्रेलियाले राम्रो पर्दशन गर्ने देखिएको थियो । उनी कप्तान दिमुथ कुरुणारत्नेबाट क्याच हमउट भएका थिए ।

९७ बलमा शतक पुरा गरेका फिन्च यो विश्वकपमा शतक प्रहार गर्ने पहिलो कप्तान समेत हुन । योसँगै अष्ट्रेलियाले शीर्ष स्थानमा पुगेको छ ।

५ खेलमा ४ मा जितका साथ ८ अंकमा शीर्ष स्थानमा उक्लिएको छ भने श्रीलंका ५ औँ स्थानमा छ । उस्को ४ अंक रहेको छ । न्युजिल्यान्ड, इंग्ल्यान्ड र भारत क्रमशं ७, ६ र ५ अंकसहित दोस्रो, तेस्रो र चौँथो स्थानमा छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.