गोकर्णको शहिद पार्क यसरी भयो अभिभावक विहिन
प्रारम्भ खबर ।
जेठ २४, काठमाडौं । गोकर्णको राष्ट्रिय तथा शान्ति पार्क (स्मारक) नेतृत्व विहिन बनेको छ । गत जेठ १० गते सहरी विकास मन्त्रालयले उक्त पार्क व्यवस्थापन समितिका अध्यक्ष सुर्दशन सिग्देललाई बर्खास्ती गरेपछि समिति नै खारेज भएको हो ।
राष्ट्रिय गौरवको आयोजना समेत रहेका उक्त पार्कमा विभिन्न कालखण्डमा मूलुकको परिवर्तनमा ज्यानको बलिदानी गर्ने वीर सहिदहरुको सम्झनामा स्मारक बनाउन करिव ४७ करोड रकम विनियोजीत गरिए पनि पार्क व्यवस्थापन समिति, ठेगदार कम्पनी र मन्त्रालयका लापरवाहीका कारण तोकिएकै समयमा पार्क निर्माण हुन सकिएको छैन् । समितिको दुई कार्याकाल उनै सिग्देलको नेतृत्वमा भएको पार्कको व्यवस्थापनमा भने कुनै परिवर्तन नआएको र निर्माणाधीन संरचना समेत भत्किसकेको छ । तत्कालिन शान्ति तथा पुनःनिर्माण मन्त्रालयको प्रत्यक्ष निगरानीमा रहेको उक्त पार्क निर्माणको चरणमा अनिमियतता तथा चरम लापरवाहीले गर्दा ८ वर्ष बितेपनि पार्क निर्माण हुन नसकिएको स्थानीयहरुको आरोप छ ।
मन्त्रालयहरुको परिमर्जन तथा संयोजनसंगै उक्त परियोजना तथा पार्क सहरी विकास मन्त्रालयमा हस्तान्तरण भएको छ । सहरी विकास मन्त्रालयमा आएपछि वर्तमान विभागीय मन्त्री मोहम्मद इश्तियाक राईले पार्क निर्माणमा आएको बाधा तथा अवरोधलाई पन्छाउँदै निर्माण कार्यलाई तिब्रता दिन कदम चालिरहेको छ । पटक–पटकको अनुगमनपछि मन्त्रालयले छानविन समिति समेत गठन गरी अध्ययन सुरु गरेका थिए । उक्त छानविन समितिले तयार पारेको प्रतिवेदनबाट पार्क निर्माणमा देखिएको बदमासी र समितिको काम गराईमा सन्तोषजनक नपाएको भन्दै अध्यक्ष सिग्देललाई बर्खास्ती गरेको थिए । तर समिति नै खारेज भएपनि आफुहरु यज्ञडोल सामुदायिक बनसंग जोडिएको भन्दै उक्त कार्यालयको कुर्सीबाटै अध्यक्ष र अधिकार सम्पन्न कार्यसमितिकै हैसियतमा कार्य सम्पादन गर्दै आएका छन् । पार्कमा नयाँ बोर्ड राखेर अन्य गतिविधि सञ्चालन भईरहेको छ । पार्क आयोजनामा बोर्डको अध्यक्षमा विभागीय मन्त्री नै रहेता पनि पार्क निर्माण तथा पार्कको अवस्थाबारे चासो नदिँदा सहिदको सपनामाथी नै अपमान भईरहेको पार्कसंग निकट एक स्रोतले बताएको छ । उनले पार्कलाई ओझेल पार्न अनेकौ गतिविधि सञ्चालन गर्दै पार्कको अस्तित्व नै नहरने गरी विभिन्न बोर्ड झुण्ड्याएको भन्दै खेद व्यक्त गरेका छन् । मन्त्रालयको कमजोरी निर्णयका करण पार्क निर्माणमा फितलो हुने डर पैदा भएको भन्दै तत्काल अधिकार सम्पन्न समिति गठन गरी समितिको रोहोबरमा निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने उनको तर्क छ ।

बर्खास्ती भएको अध्यक्ष सिग्देलले भने मन्त्रालयबाट आफुलाई कुनै अधिकारिक पत्र नआएको भन्दै समिति भंग नभएको तर्क गरेका छन् । उनले सहिद पार्कको परिकल्पनादाता समेत आफु भएकोले पार्कलाई स्तरोउन्ती गर्न लागि परेको बताएका छन् । तर उनले पार्क निर्माण कार्यमा आफ्नो कुनै कमजोरी नभएको बताउँदै पार्क समितिकै केही व्यक्तिहरु लागेर अवरोध पु¥याउँदै आएको बताए । त्यस पार्क निर्माण अगाडी सामुदायिक बन रहेको उल्लेख गर्दै आफु नै अध्यक्षको हैसियतले उक्त कार्यालयबाट कार्य सम्पादन गरेको बताए । सुर्दशन सिग्देललाई पार्क व्यवस्थापन समितिका अध्यक्षबाट बर्खास्ती गरेको खबरपछि त्यहाँ भने केही व्यक्तिहरु अध्यक्ष बन्नेमै होडबाजी चलिरहेको छ । मन्त्रालयको प्रत्यक्ष सहभागीता रहने र विभागीय मन्त्री नै बोर्डको अध्यक्ष रहने भएकोले कार्यकारी अध्यक्ष नियुक्ति गर्ने मन्त्रीको मुख्य भुमिका रहनेछ । तर विभिन्न राजनीतिक दलसम्बद्ध जिल्ला स्तरिय नेताहरु भने आफु अध्यक्ष बन्ने भन्दै पार्टीभित्र बहस सुरु गर्न थालिएको छ । एक स्रोतका अनुसार उक्त पार्कमा अध्यक्षा बनाउनका लागि गृहमन्त्रालय देखि सहरी विकास मन्त्रालय धाउने व्यक्तिहरुको नाम समेत सार्वजनिक भएका छन् तथापी सहरी विकास मन्त्री समाजवादी नेपाल पार्टीका भएका कारण आङकाजी शेर्पाको पनि चर्चा आउन थालेको छ ।

केही समय अगाडी नेकपा काठमाडौँ जिल्ला अध्यक्ष तथा निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सांसद कृष्ण राई सहितको भेटघाटले भने कुनै निष्कर्ष निकाल्न नसकिएको एक नेकपा जिल्ला सदस्यले बताए । उक्त भेटघाट पार्टी कार्यालयमै भए पनि गैर नेकपाका व्यक्तिलाई प्रवेश गरेको भन्दै एक जिल्ला सदस्यले आपत्ति समेत जनाएको बताएको छ । पछिल्लो चर्चामा तिनै सुर्दशन सिग्देल नै आफु पुनः अध्यक्ष बन्न लागेको आशाय व्यक्त गर्दै आएको छ । राजनीतिक पंक्तिमा भने तुल्सी पौडेल, छिरिङदोर्जे लामा पनि सक्रिय रुपमा लागेको एक स्रोतले बताएको छ । तर राजनीतिक रुपमा प्रतिनिधित्व गर्ने भए पार्टी संगठनभित्र छलफल गरी अगाडी बढ्नु पर्ने स्थानीय तथा नेकपा जिल्ला स्तरीय एक नेताले बताए । उनले दिगो रुपमा पार्कलाई व्यवस्थापन गर्न र निर्माण कार्यलाई सहज बनाउन सबै वर्ग समुदाय र सक्षम व्यक्तित्वहरुको प्रतिनिधित्व हुन आवश्यक रहेको औल्याए ।
सरकारले पार्क निर्माणका लागि करिब ४७ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । त्यसमध्ये २५ प्रतिशत रकम ठेकेदारले भुक्तानी लिइसकेका छन् । ६ सय ५० रोपनी जग्गामा पार्कका विभिन्न संरचना बनाउन थालिएको थियो । सरकारले २०६४ मा पार्क बनाउन चारवटा कम्पनीलाई ठेक्का दिएको थियो । सम्झौता पाएको मितिले २०७२ जेठ ११ गते (५ वर्षभित्र) सम्पन्न गर्नुपर्ने उक्त निर्माण कार्य आर्थिक वर्ष २०७५÷०७६ सकिन लाग्दा समेत अलपत्र बनेको छ ।
विगठित समितिलाई भ्रम छर्दै अध्यक्ष सिग्देल, बैठकमै भयो चर्काचर्की

