जेठ ९, काठमाडौँ । गोकर्णको राष्ट्रिय सहिद तथा शान्ति स्मारक पार्कका तत्कालिन व्यवस्थापन समितिका अध्यक्ष सुर्दशन सिग्देलले सिंगो समितिलाई नै भ्रममा पारेको भन्दै आलोचना गरिएको छ ।
पार्कको १३ औं स्थापना दिवसको अवसरमा छलफल गर्ने भनेर बोलाएको सदस्यहरुलाई नेपाल सरकारले यस अघि नै जारी गरिएको कार्यविधिलाई पार्कको कार्यविधि भन्दै आफुहरुलाई पंगु बनाउन खोजिएको आरोप लगाए । समिति नै वैधानिक नभएका अवस्थामा बैठक बोलाउने हैसियत नभएको भन्दै अध्यक्ष सिग्देलमाथी सहभागीहरुले असन्तुष्टि जनाएका छन् । संस्थागत कामकारवाहीलाई नीजि कम्पनीको रुपमा सञ्चालन गर्दै आएको भन्दै बैठकमा सहभागीहरुले आपत्ति जनाएका थिए । गुरु योजना सहितको परियोजना अन्र्तगत निर्माणधीन पार्कको भौतिक संरचनाहरु लथालिङ्गा रहेको अवस्थामा तत्कालिन अध्यक्ष सिग्देलले २ कार्यकाल सम्हाले पनि कुनै परिवर्तन नआएको चौतर्फी आलोचना आईरहेको बेला अध्यक्षको हैसियतले आज विहिवार पार्कमा बैठक बोलाउदा सिग्देलमाथी सबै सहभागी खनिए ।
बैठकमा अथितिको रुपमा बोलाएका नेकपाका केन्द्रिय सदस्य एवम् सहिद प्रतिष्ठान नेपालका अध्यक्ष कृष्ण सापकोटाले पार्कले समग्र सहिदको उचित मूल्यांकन गर्न नसकिएको बताए । अध्यक्षको भूमिकामा सन्देह पैदा भएको र वास्तविक रुपमा पदाधिकारीका सदस्यहरुबाटै चौतर्फी विरोध गरिरहेको हुँदा समितिको कुनै औचित्य नभएको बताए । उनले पार्कलाई राजनीतिक दृष्ट्रिकोणबाट फरक तरिकाले हेर्नुपर्ने उल्लेख गर्दै सबैको साझा अपनत्व हुने वातावरण हुनुपर्ने बताए । अध्यक्ष सापकोटाले राज्यले तत्काल उचित निर्णय गरेर अधिकार सम्पन्न त्यस पार्कमा नयाँ कार्य समिति गठन गर्नुपर्ने सुझाव दिए ।
तत्कालिन व्यवस्थापन समितिका कोषाध्यक्ष समेत रहेका हरिकृष्ण श्रेष्ठले पार्कले १२ औं वर्ष पार गर्दा समेत पार्क निर्माण सम्पन्न नहुनुमा सुर्दशन सिग्देलले त्यसको जिम्मेवारी लिनुपर्ने बताए । बैठकमा बोल्दै पार्कमा अब सक्षम, सबल र पार्क निर्माण गर्ने खालको अध्यक्ष आउनुपर्ने तर्क राखे । वैधानिक कमिटि भएको भए १ वर्षभित्र किन बैठक बोलाउन सकिएन भनेर सिग्देललाई प्रश्न समेत राखे । बैठकको नाममा आफुखुसी निर्णय गर्दै पदाधिकारीहरुको घरघर धाउने काम बन्द हुनुपर्ने भन्दै सिग्देललाई इंगित गर्दै नयाँ कार्य समिति नबनेसम्म कसैले पनि पार्कको नाममा मनपरी गर्न नपाउन बताए । त्यस्तै बैठकमा सहभागी नेपाली काँग्रेसका प्रतिनिधि तथा पार्क व्यवस्थापन समितिको तत्कालिन महासचिव त्रिलोचन पौडेलले नयाँ अध्यक्षको सुरसार नै नभई आफू एक्लै हिड्ने र पार्कमा कुनै पनि पारदर्शी नभएको भन्दै आपत्ति जनाए । उनले अध्यक्ष सिग्देललाई गुमाउरो तरिकाले चाँडै सद्बुद्धि आहोस् भन्दै व्यांग्य समेत गर्न भ्याए ।
गोकर्णको सहिद पार्क निर्माण अलपत्रः मन्त्रालय र समितिको चरम लापरवाही
नेकपाका नेता छिरिङ लामा र मन्दिर तिमिल्सेनाल पनि नेतृत्वमा बस्नेले धैर्यताका साथ काम गर्न नसकिएको र व्यवहारमा समेत धैर्यता र शिष्टचार नभएको उल्लेख गरे । तिमिल्सेनाले अवैधानिक बनिरहेको अवस्थामा कुन हैसियतले कार्य सम्पादन गर्दैछ ? भन्दै सिग्देलमाथी जिज्ञासा राखे । शहिद पार्कको भोगचालनमा रहेको जग्गा संरक्षण हुनुपर्नेमा दुरुपयोग भएको उल्लेख गर्दै सम्बन्धित निकायले यथाशिघ्र छानविन गर्नुपर्ने औल्याए । वैधानिक रुपमा पार्कको गठन प्रक्रिया अगाडी बढाएर मात्र अन्य कार्य सम्पादन गर्नुपर्ने सुझाव दिदै अविलम्ब नयाँ नेतृत्वसहित कार्य समिति गठन गर्नुपर्ने बताए ।
त्यस्तै ६२÷६३ को जनआन्दोलनका घाइते मेघराज आचार्यले पार्क निर्माण सुरुदेखि हालसम्मको हिसाव किताव अविलम्ब दिनुपर्ने तर्क राखे । सहिदप्रतिको अवहेलना गरेको र आर्थिक हिनामिना भएको शंक गर्दै जावाफ माग्दा अध्यक्ष सिग्देल भने अक्कनवक्क गरेर बसेका थिए । झण्डै उक्त भेलामा तत्कालिन पार्क समितिका ५७ जना सदस्यमध्ये १५ जना पनि उपस्थित नभएको र सिग्देलले समितिका व्यक्ति भन्दा आफु निकटका व्यक्तिहरु उपस्थित गराएका थिए । त्यहाँ कार्यरत कर्मचारीमाथी समेत अध्यक्ष सिग्देलले दूव्र्यहार गरेको र आफु निकटका व्यक्तिलाई कर्मचारीको रुपमा नियुक्ति गर्दै आएको आरोप लागेको छ ।

