गोकर्णको सहिद पार्क निर्माण अलपत्रः मन्त्रालय र समितिको चरम लापरवाही

बैशाख १३, काठमाडौं । गोकर्णको राष्ट्रिय सहिद तथा शान्ति पार्क (स्मारक)मा ठेकेदार कम्पनी र अनुगमन गर्ने निकायको चरम लापरवाहीले निर्माण कार्य अलपत्र परेको छ । निर्माण व्यवसायीहरुसंग सम्झौता भएअनुसार ५ वर्षभित्र कार्य सम्पन्न हुने भनिए पनि बीचैमा छाडेका छन् ।

सहरी विकास मन्त्रालयले गठित छानविन समितिले तयार पारेको प्रतिवेदनमा कुनै पनि काम सम्पन्न नभई अपूरो र अलपत्र परेको देखिएको उल्लेख गरिएको छ । सम्झौता पाएको मितिले २०७२ जेठ ११ गते (५ वर्षभित्र) सम्पन्न गर्नुपर्ने उक्त निर्माण कार्य आर्थिक वर्ष २०७५÷०७६ सकिन लाग्दा समेत अलपत्र बनेको छ । तोकिएकै समयमा पार्क निर्माण कार्य सम्पन्न नभएपछि गत कात्र्तिकमा सहरी विकास मन्त्रालयका प्राविधिक उपसचिव चक्रवर्ती कण्ठको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको थियो । पार्क व्यवस्थापन समिति र तत्कालिन शान्ति तथा पुनःनिर्माण मन्त्रालयको लापरवाहीका कारण समयमै पार्क निर्माण नभएको पुष्टि भएको छ । पार्कका अलपत्र छाडिएका भौतिक संरचना समेत भत्किसकेको छ । परामर्शदाता कम्पनी डललिंक प्लस आरआई डीसी जेभीले तयार गरेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) एकअर्कोमा निर्भर हुने गरी तयार गरिएकाले एक निर्माण व्यवसायीले काम नगर्दा अर्को प्रभावित हुने भएकाले निर्माण कार्य अलपत्र परेको बुझिएको छ । सरकारले पार्क निर्माणका लागि करिब ४७ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । त्यसमध्ये २५ प्रतिशत रकम ठेकेदारले भुक्तानी लिइसकेका छन् । ६ सय ५० रोपनी जग्गामा पार्कका विभिन्न संरचना बनाउन थालिएको थियो । सरकारले २०६४ मा पार्क बनाउन चारवटा कम्पनीलाई ठेक्का दिएको थियो ।

शहिद पार्क निर्माणको क्रममा भएको लापरवाही र ढिलासुस्तीले राष्ट्रिय गौरवका योजना लथालिङ्ग अवस्थामा रहेको जनमानसमा गुनासो भईरहेको बेला सहरी विकास मन्त्रालयले भने दुई विकल्प सहित छिटै निर्माण कार्यको कार्यन्वयनमा जाने मन्त्रालयले पहल चालेको बताएको छ । मन्त्रालयका सूचना अधिकारी गणेश कर्माचार्यले ठेक्का तोड्ने वा अगाडी बढाउने विषयमा गठित छानविन समितिको प्रतिवेदनबाट दुई विकल्प तयार पारेको बताए । पहिला शान्ति तथा पुनः निर्माण मन्त्रालयले गर्दै आएको योजना यो वर्ष विना बजेट सहरी विकास मन्त्रालयमा हस्तान्तरण गरेको जानकारी दिदै सूचना अधिकारी कर्माचार्यले ठेक्काहरु कतिवर्ष अगाडीदेखि अलपत्र परेको उक्त परियोजनालाई कसरी अगाडी बढाउने भन्ने विषयमा छानविन समितिबाट राय सुझाव लिएको बताए । उनले पहिलो विकल्पको रुपमा ठेक्का तोडेर अगाडी बढ्ने र अर्को विकल्प पहिलाकै निर्माण कम्पनीहरुलाई ३ महिनाको मौका दिई म्याद थप गरेर प्रक्रियामा जाने बताए । ठेक्क प्रक्रिया तोड्दा निर्माण व्यवसायीबाट थप पैसा असुल्ने र सार्वजनिक खरिद ऐन अनुसार कारवाही अगाडी बढाउने जनाएको छ । तत्कालिन शान्ति तथा पुनःनिर्माण मन्त्रालयले तयार गरेको परियोजना ८ वर्ष बितेपनि सम्पन्न नहुनुमा मन्त्रालय र स्थानीय व्यवस्थापन समितिकै ठूलो लापरवाही रहेको उल्लेख गर्दै अहिले सहरी विकास मन्त्रालयमा समस्य थुपारेर कोही कसैले उन्मुक्ति नपाउने सूचना अधिकारीको भनाई छ ।

व्यवस्थापन समिति ऐन खारेज भएको हुनाले अहिले समितिको कुनै अधिकार नरहेको अवस्थामा २ पटक अध्यक्ष भईसकेको सुर्दशन सिग्देल भने कहिले सरकार त कहिले ठेगेदारलाई दोष दिदै आफु पन्छिदै आएका छन् । अहिले पार्क निर्माण कार्यलाई छाडेर अध्यक्ष सिग्देल गोकर्णेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको ३ करोड बजेटबाट गोकर्ण चौर निर्माणमा लागेका छन् ।   अधिकार सम्पन्न स्थानीय सरकार भए पनि उक्त गौरवका योजनाको लथालिङ्ग अवस्था टुलुटुल हेरेर बसेका गोकर्णेश्वर नगरका प्रमुख सन्तोष चालिसे भने पार्क निर्माणाधीन कार्यलाई छाडेर चौर निर्माण गर्न बजेट विनियोजीत गराएका छन् । उक्त बजेट सम्झौतामा ४ जनाको हस्ताक्षर रहे पनि नगरका कार्यकारी अधिकृतको नाम मात्र उल्लेख छ भने हस्ताक्षर भेटिएको छैन् । पार्क निर्माण तथा व्यवस्थापन समितिका सदस्य समेत रहेका मेयर चालिसे निर्माण कार्यको बारेमा चासो नलिएको स्थानीयहरुको गुनासो छ । त्यस्तै सोही क्षेत्रका प्रतिनिधि सभाका सदस्य कृष्ण राई आफै वरिष्ठ उपाध्यक्ष रहेको पार्कको अवस्थाको बारेमा ध्यान नदिएको पछिल्लो समयमा राजनीतिक पंक्तिमा पनि कुरा उठाउन थालेको छ । स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयहरुको भनाईअनुसार निर्वाचनका बेला पार्कलाई राजनीतिक केन्द्रको आस्था बनाई आफ्नो मतको सुरक्षित गरेको सुन्न आएको छ । पार्क मात्र होईन त्यस क्षेत्रमा विकास योजना अन्र्तगत सडक विस्तारको क्रममा समेत तीनै सांसद र मेयरकै कारण ढिला भएको भन्ने आरोप लाग्दै आएको छ ।

 

पार्क २०६२÷६३ को लोकतान्त्रिक आन्दोलनको सम्झनामा बनाउन थालिएको हो । (१) डाँफे÷गौरी÷पर्वत÷सुनौला खिम्ती जेभी, (२) बोखिम कन्स्ट्रक्सन शान्ति निर्माण सेवा कालिकास्थान काठमाडौँ, (३) सूर्य÷आ.वी÷जनपथ जेभी काठमाडौं र (४) चक्रेश्वरी÷सूर्य जीवन जेभी निर्माण कम्पनीले पार्कमा भौतिक संरचना निर्माणको ठेक्का लिएका थिए । पार्कलाई ४ भागमा विभाजन गरिएको छ । ७२ रोपनीमा स्मृति क्षेत्र, त्यसमा १८ मिटर अग्लो शान्ति पिरामिड राख्ने योजना छ । पिरामिडभित्र मण्डला र बुद्ध प्रतिमा रहनेछ । पिरामिडको टुप्पो राति प्रज्वलित हुनेछ । उक्त भागमा संग्रहालय, निजामती कर्मचारी स्मारक र शान्ति स्तूप रहनेछन् । संग्रहालयलाई अर्धभूमिगत बनाइनेछ, जसमा आन्दोलनका तस्बिर, चित्र र मध्य भागमा ठूलो घण्टा रहनेछ । उक्त क्षेत्रका निर्माणाधीन भौतिक संरचना पनि बेवारिसे अवस्थामा छन् ।

दोस्रो भागमा मनोरञ्जन क्षेत्र तोकिएको छ । १ सय ७२ रोपनीमा घुन्सा घटनामा मृत्यु भएकाहरूको सालिक र वरिपरि बगैँचा निर्माण गरी विभिन्न प्रजातिका फूल तथा बोटबिरुवा रोप्ने, पिकनिक स्थलका साथै मृगस्थली बनाउने भनिएको छ । तेस्रो भागलाई संस्थागत क्षेत्र नाम राखिएको छ । त्यसका लागि ५२ रोपनी जग्गा छुट्याइएको छ । त्यहाँ रेस्टुरेन्ट तथा बहुउद्देश्यीय हल, सामुदायिक पसल तथा पार्क व्यवस्थापनको कार्यालय, सामुदायिक भवन, सीप विकास तालिम केन्द्र अध्यापन केन्द्र रहनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.