जेठ २२, काठमाडौ । जारी विश्वकप क्रिकेटको आठौँ खेल अन्तर्गत आज उपाधिको दाबेदार मानिएको भारत र दक्षिण अफ्रिकाबीचमा प्रतिस्पर्धा हुँदैछ । इंग्ल्याण्डको खेल साउथह्याम्पटनमा नेपाली समयानुसार दिउँसो तीन बजेर १५ मिनेटमा शुुरु हुनेछ । जारी विश्वकपमा भारत पहिलो खेल खेल्दै छ भने दक्षिण अफ्रिकाको तेस्रो खेल हो । आज नै ६ बजेर १५ मिनेटमा न्युजिल्याण्ड र बंगलादेश विचको खेल पनि हुँदै छ ।
उपाधि दाबेदार टिमको रुपमा रहेको भारत सन्तुलित टिम हो । क्रिकेट विश्लेषकका अनुसार भारत अहिलेसम्मकै बलियो टिम भएको दाबी गर्दै आएका छन । यता दक्षिण अफ्रिका भने आफ्ना अनुभवी व्याट्समेन हासीम अमला र बलर डेल स्टनेको चोटका कारण टीमामा सन्तुलन गुमाएको छ ।
दक्षिण अफ्रिका उपाधिको दावेदार भए पनि पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित हुँदै आफ्ना दुई खेलमा पराजित हुँदै लय गुमाएको छ । आज भारतसँगको खेलमा पनि दक्षिण अफ्रिका पराजित भएमा अफ्रिकाका लागि विश्वकप यात्रा निकै कठिन हुनेछ ।
आजको खेलमा भारत भने आफ्नो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्न चाहन्छ । सन्तुलन गुमाएको दक्षिण अफ्रिकाविरुद्ध जित हात पार्दै सुखद शुरुवात गर्ने लक्ष्यमा भारत छ भने भारतलाई पराजित गर्दै पहिलो जित हात पार्ने दाउँमा दक्षिण अफ्रिका रहेको छ ।
यी दुई टीमको पछिल्ला पाँच खेल हेर्नेहो भने पनि भारत निकै नै बलियो देखिन्छ । दक्षिण अफ्रिकासँगको पछिल्ला ५ भेटमा भारतले ३ जीत हात परोको छ भने एकमा हार वेहोरेको छ ।
भारतको ब्याटिङ, बलिङ र फिल्डिङ यी तीनै पक्ष बलियो देखिन्छ । भारतको लागि ओपनर शिखर धवन र रोहित शर्माको जोडीले राम्रो शुरुवात दिएमा सहज जीत निकल्न सक्छ । तेस्रो नं।का व्याट्समेन कप्तान विराट कोहली छन भने । चर्चामा रहेको चौथो नं।को लागि पनि अभ्यास खेलमा सतक लागाउँदै केएल राहुलले आफ्नो स्थान पक्का गरेका छन ।
भारतिय पूर्व कप्पता महेन्द्रसिंह धोनी पनि राम्रो लयमा रहेकाछन उनको अनुभवले भारतको जितको लागि धेरैनै काम आउने गर्दछ । त्यस्तै केदार जाधव, दिनेश कार्थि जस्ता ब्याट्सम्यान मध्यक्रममा छन । भारतमा रवीन्द्र जडेजा र हार्दिक पाण्ड्याजस्ता अलराउण्डर फिनिसिङ लाइनमा छन । भारतको वलिङ लाईन पनि वलियो देखिन्छ कुलदीप यादव, रवीन्द्र जडेजा, युजभिन्द्र चाहालजस्ता स्पिनर आजको म्याच चेन्जरको रुपमा हुन सक्छन । भने भूवनेश्वर कुमार, जस्प्रित बुमराह, मोहम्मद समी जस्ता तेज गतिका बलरहरु पनि छन ।
यता, दक्षिण अफ्रिकासँग विश्वका उत्कृष्ट ब्याट्सम्यान र बलरहरु रहेका छन तर तालमेल नमिल्नुको कारण विश्वकपमा दक्षिण अफ्रिकाको नतिजा आफ्नो पक्षमा पार्न सकेको छै ।
कप्तान फाफ डु प्लेसिस, हसिम अमला, डि कक, जेपी डुमिनी, डेभिड मिलर जस्ता विश्वचर्चित ब्याट्सम्यान छन । त्यस्तै, इमरान ताहिर, कागिसो रबडा जस्ता बलर छन ।

