इंग्ल्यान्डद्वारा दक्षिण अफ्रिका १ सय ४ रनले पराजित

जेठ १७, एजेन्सी । घरेलु टोली इंग्ल्यान्डले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिका १ सय ४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । बिहीबार राती उद्धघाटन खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

लण्डनस्थित द ओभल मैदानमा टस हारेर ब्याटिङ सुरु गरेको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ११ रन बनायो। इंग्ल्यान्डले प्रस्तुत गरेको ३ सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३९।५ ओभरमा २ सय ७ रन बनाउन सबै विकेट गुमायो ।

कमजोर सुरुवात गरे पनि इंग्ल्याण्डको पारीलाई जेसोन रोय र जोय रुटले बचाए। एक रनमा पहिलो विकेट गुमाएको उसका लागि रोय र रुटले दोस्रो विकेटका रुपमा १०६ रनको साझेदारी गरे। इंग्ल्यान्डलाई सहज जित दिलाउन तीब्र गतिका युवा खेलाडी जोफ्रा आर्चरले ७ ओभरमा १ मेडन सहित २७ रन खर्चेर ३ विकेट लिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.