रोनाल्डो सिरि ए को गोल्डेन बुट जित्नबाट वञ्चित

जेठ १३, एजेन्सी । युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सिरि ए को गोल्डेन बुट जित्नबाट वञ्चित भएका छन् । यो सिजनमात्र स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका उनले सिरि ए को गोल्डेन बुट जित्न सकेनन् ।

लिगको अन्तिम खेलमा साम्पडोरियाविरुद्व युभेन्टसको खेलमा उनी बेन्चमा बसेसँगै उनले यस सिजन २१ गोलमात्र गर्न सके । लिगमा २६ गोल गरेका फाबियो कागलियारेले यो सिजनको गोल्डेन बुट जित्न सफल भए । तालिकामा २३ गोल गरेका डुभान जपाटा दोस्रो नम्बरमा र २२ गोल गरेका क्रिज्सटोफ पीएटेक तेस्रो नम्बरमा छन् । रोनाल्डोले गोल्डेन बुट नजितेपनि सिरि ए प्लेयर अफ दी इयर अवार्ड हात पारे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.