भ्यालेन्सिया बन्यो ‘कोपा डेल रे च्याम्पियन’

ज्येष्ठ १२, एजेन्सी । बार्सिलोनालाई पराजित गर्दै भ्यालेन्सियाले कोपा डेल रे फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको खेलमा भ्यालेन्सियाले बार्सिलोनालाई २-१ले हराउँदै उपाधि हात पारेको हो ।

भ्यालेन्सियाको जितमा फ्रिन्च फरवार्ड केविन गेमियो सुरुमै अग्रता दिलाएका थिए । उनले खेलेको २१ औँ मिनेटमा गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएको थियो । २६ सुट पाएको बार्सिलोनाले ६ ओटा गोल हुनै लागेका सुट गुमाएपछि पहिलो हाफमा भ्यालेन्सियाको अग्रता कायमै रहेको थियो ।

खेलेको ३३ औँ मिनेटमा भ्यालेन्सियाकै रोड्रिगोले हेडिंग मार्फत गोल गरेपछि भ्यालेन्सियाले दोब्बर अग्रता बनाएको थियो । ७३ औँ मिनेटमा बार्सिलोनाका लियोनल मेस्सीले एक गोल फिर्ता गरेपछि १ गालान्तरले नै भ्यालेन्सियाले जित हात पारेको हो ।

बेनिटो विल्मारिन स्टेडियममा भ्यालेन्सियाले उपाधि जितेर लगेको हो । बार्सिलोनाका अध्यक्ष जोसेप मारियाले यो खेलमा हार हुनु कोचको गल्ती रहेको बताएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.