डच लिगकाे उपाधि आयाक्सलाई

ज्येष्ठ ०२, एजेन्सी । आयाक्स ५ वर्षपछि डच लिग च्याम्पियन बनेको छ । बुधबार राति भएको खेलमा डि ग्राफस्क्यापलाई ४–१ ले पराजित गर्दै आयाक्स च्याम्पियन बनेको हो । आयाक्स सन २०१४ पछि डच लिग च्याम्पियन बनेकाे थियाे ।

आयाक्सको जितमा डुसान टाडिकले दुई, लासे स्काने र निकोलस ट्याग्लियाफिकोले समान १ गोल गरे । पराजित टोलीका युसेफले एक गोल फर्काए ।आयाक्सले दोस्रो स्थानको पीएसभी इन्डोभेनलाईलाई ३ अंकले पछि पार्दै उपाधि उचालेकाे हाे । आयाक्सले ३४ खेलबाट ८६ अंक जाेडेकाे छ भने, दोस्रो स्थानमा रहेको पीएसभीले ८३ अंक जाेडेकाे छ ।

आयाक्स समग्रमा ३४औं पटक डच लिग च्याम्पियन बनेको हो । आयाक्सले एकमहिना अघि मात्रै केएनभीबी कपको पनि च्याम्पियन बनेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.