फेडेररलाई क्वाटरबाटै बाहिरिए

वैशाख २९, काठमाडौं । पुरुष टेनिसतर्फ स्पेनिस स्टार राफेल नाडाल म्याड्रिड ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन ।

नाडालले क्वार्टर फाइनलमा स्टेन वावरिन्कालाई ६–१ र ६–२ ले पराजित गर्दै सेमिफाईनलमा पुगेका हुन । विश्व नम्बर ३ मा रहेका रोजर फेडेररलाई क्वाटरफाइनलमा हराउद विश्व नम्बर ५ मा रहेका डोमिनिक थिएमले ३–६, ७–६ र ६–४ ले हराए । अब फाइनलका लागि नोभाक जोकोभिच र थिएम प्रतिस्पर्धा गर्ने छन ।

नाडालले फाइनल प्रवेशका लागि स्टेफनोस सितसिपाससँग भिड्नेछन । वावरिन्कालाई हराएर नाडालले रेकर्डेड ७०औँ पटक एटीपी मास्टर्स प्रतियोगिताको सेमिफाइनल खेल्नेछन । उनी अहिलेसम्म सर्वाधिक बढी ३३ पटक एटीपी मास्टर्सको उपाधि जित्ने खेलाडी हुन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.