वैशाख २०, एजेन्सी । बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डे लिभरपुरकाे घरेलु मैदानमा खेल्दा एकदमै सचेत हुनु पर्ने बताएका छन । बुधबार राति भएकाे खेलपछि पत्रकार सम्मेलनमा बोल्दै उनले पहिलो लेगमा तीन गाेलकाे अग्रता भएपनि दोस्रो लेग सुरक्षित नहुने बताएका हुन ।
आफ्नो घरेलु मैदानमा तीन गाेलकाे अग्रता बनाउनु खुसीकाे कुरा भए पनि अझै लडाइँ बाँकी नै रहेकाे बताए । भाल्भर्डेले भने, ‘यो खेलबाट हामी खुसी छौं । हाम्रा लागि यो राम्रो नतिजा हो, तर लडाइँ सकिएको छैन ।
सेमिफाइनलकाे दाेस्राे लिग बार्सिलाेनाकाे लागि सहज नभएकाे पनि बताए । ‘एनफिल्डमा खेल्न हामीलाई सजिलो हुनेछैन । किनभने, लिभरपुल आफ्नो घरम हुनेछ,’ भाल्भर्डेले भने, ‘हामी त्यहाँ ०-० बाटै खेल्नेछौं । ३ गोलको अग्रता छ भन्ने कुरा हामीले बिर्सनुपर्छ ।’
भाल्भर्डेले अघिल्लो वर्षको पराजय स्मरण गर्दै लिभरपुलले आफ्नो घरेलु मैदानमा जे पनि गर्न सक्ने बताए । ‘लिभरपुरले आफ्नो घरेलु मैदानमा जे पनि गर्न सक्छ । किनभने, उनीहरूसँग यहाँको ३–० को हारले दुखाएको छ ।’ उनले थपे, ‘मलाई थाहा छ, उनीहरू यत्तिमै हार खाँदैनन्, ‘दोस्रो लेगमा उनीहरूले हामीसँग बदला लिन प्रयस गर्नेछन ।’
बुधबार राति बार्सिलाेनाकाे घरेलु मैदानमा भएकाे खेलमा बार्सिलाेनाले लिभरपुलमाथि ३-० गाेल अन्तरकाे शानदार जित निकालेकाे थियाे ।
भाल्भर्डेले गत सिजन आफूहरूसँग सहज अग्रता भए पनि अवे मैदानमा निराश हुनुपरेको पनि सम्मझिए । ‘गत वर्ष हामीसँग आफ्नो घरमा ३ गोलकै अग्रता थियो । तर, अवे मैदानमा के भयो, त्यो सबैलाई थाहा छ,’ भाल्भर्डेले भने, ‘त्यसैले लिभरपुलले अझै पनि हामीलाई समस्यामा पार्न सक्छन ।’
गत वर्ष अन्तिम आठमा बार्सिलोनाले आफ्नो घरमा इटालियन रोमालाई ४–१ ले हराए पनि रोमाको घरमा भएको दोस्रो लेगमा बार्सिलेना ३–० ले हारेपछि समग्रमा ४–४ भए पनि अवे गोलमा पछि परेर बार्सिलोना आउट भएको थियो ।

