इन्डोनेशियाविरुद्ध नेपालले ३ खेलाडी परिवर्तन

चैत २६, काठमाडौं । ओलम्पिक छनोट अन्तगर्त दोस्रो चरणको अन्तिम खेलमा इन्डोनेशियाविरुद्ध नेपालले ३ खेलाडी परिवर्तन गरेको छ । गोलकिपर एन्जीला तुम्बाओ सुब्बाको स्थानमा अन्जली रानामगरले स्थान बनाएकी छन् ।

मनमाया लिम्बुको स्थानमा अमृता जोशी तथा हिरा भुजेलको स्थानमा कविता धिमालले स्थान बनाएकी छन् । खेल केहीबेर अघि सुरु भएको छ। नेपाल पहिलोपटकको भेटमा इन्डोनेसियासँग सुखद नतिजा निकाल्ने योजनामा छ । नेपालजस्तै दुबै खेलमा पराजित इन्डोनेशिया पनि सान्त्वना जितको रणनितीमा छ । फिफा बरियतामा इन्डोनेशिया ८६ औं स्थानमा छ भने नेपाल १ सय ३ औं स्थानमा छ ।

नेपाल यसअघि भारत र घरेलु टोली म्यानमारसँग समान ३–१ को गोलअन्तरले पराजित भएको थियो । नेपालका तर्फबाट कप्तान निरु थापाले दुबै खेलमा १–१ गोल गरेकी थिइन् इन्डोनेसियाले भारतसँग २–० तथा घरेलु टोली म्यानमारसँग ६–० को हार व्यहोरेको थियो । यसअघि कात्तिकमा भएको पहिलो चरणमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । बलियो प्रतिद्‍वन्द्वी म्यानमारसँग १–१ को बराबरी खेलेको नेपालले भारत र बंगलादेशसँग सोही नतिजा निकालेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.