अजितकुमार यादवलाई स्वर्ण पदक

चैत ३, काठमाडौं । तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले आज स्वर्ण पदक जितेका छन् ।

हङकङमा भएको तीन हजार मिटर दौड आठ मिनेट ३०.३२ सेकेण्डमा पूरा गर्दै यादवले नेपाललाई युथ एशियाली खेलकूदमा पहिलोपटक स्वर्ण पदक दिलाउन सफल भएका हुन् । सशस्त्र प्रहरीको एपिएफ क्लबका खेलाडी अजितपछि दोस्रो स्थानमा रहेका भारतका अमित जंगिरले आठ मिनेट ३६.३४ सेकेण्डमा दूरी पूरा गरी रजत जिते । यस्तै आठ मिनेट ३८.६० सेकेण्डमा दूरी पूरा गरेका यमनका गामिल अल हमातीले कास्य पदक जित्न सफल भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले जनाएको छ ।

एशियन युथ एथ्लेटिक्समा नेपाल, भारत, यमनसहित चीन, जापान, चाइनिज ताइपेइ, काजकिस्तान, इरान, दक्षिण कोरिया, हङकङ, सिङ्गापुर, मलेशिया, साउदी अरेबिया, थाइल्याण्ड, श्रीलङ्का, उज्वेकिस्तान, इण्डोनेसिया, ओमन, भूटान, जोर्डन, कीर्गिस्तान, कुवेत, लेवनान, मकाउ, माल्दिभ्स, फिलिपिन्स, भियतनाम, कतार र यमनका खेलाडी सहभागी छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.