जेनेभास्थित संयुक्त राष्ट्रसंघको भवन अगाडि ग्रेटर नेपालको नक्सा प्रदर्शन

चैत ३, काठमाडौं । विगत २०३ वर्षदेखि नेपालको करिब ६० हजार वर्ग किलोमिटर जमिन पहिले बेलायत र त्यसपछि भारतको उपनिवेशको जाँतोमा पिसिँदै आएकोले त्यसको सुनुवाइ गर्न अनुरोध गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका तर्फबाट प्रदर्शन गरिएको छ ।

नेपाली समयअनुसार हिजो साँझ जेनेभास्थित संयुक्त राष्ट्र संघको भवन अगाडि ‘ब्रोकन चेयर’ मा ग्रेटर नेपालको नक्सा प्रदर्शन गरिएको थियो । ब्रोकन चेयरमा गत बिहीबार गर्ने भनिएको प्रदर्शन उक्त दिन जेनेभामा दिनभरि नै पानी परेका कारण गर्न नसकिएकोमा मौसममा सुधार भएपछि हिजो शनिबार सफलतापूर्वक सम्पन्न भएको मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले जेनेभाबाट जनाएका छन् ।

‘‘मैले हिजो सबभन्दा पहिले राष्ट्र संघको प्राङ्गणमा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूका झन्डासँगै राखिएको नेपालको राष्ट्रिय झन्डाका अघिल्तिर ग्रेटर नेपालको नक्साका साथ उभिएर नेपाली जनताका नाममा कसम खाँदै त्यसपछि संसारलाई आफ्नो पीडाको आवाज र विरोधको स्वर सुनाउन पाउने ठाउँका रूपमा बहुचर्चित ब्रोकन चेयरमा उभिएर ग्रेटर नेपालको नक्सा देखाउन पाएँ । त्यसपछि मलाई साथ दिन त्यहाँ अइपुगेका नेपालीले पनि ग्रेटर नेपालको नक्सा प्रदर्शन गरी नेपालको जमिनमा भारतीय उपनिवेशको विरोध गरेका थिए,’’ नेपालले भने ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.