फागुन २६, एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले नयाँ रेकर्ड बनाउदा स्पेनिस ला लिगा फुटबलमा सहजजित निकालेको छ ।
शनिबार राति भएको खेलमा रायो भालेकानोलाई ३–१ गोल पराजितगर्दै बार्सिलोनाले शिर्ष स्थानको यात्रालाई कायम राखेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा टोलीलाई जित दिलाउन जेराड पीके,लियोनल मेस्सी र लुइस स्वारेजले एक एक गोल गरे । उता भालेकानोका तर्फबाट राउल डी थोमसले एक गोल गरे ।
बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रतालाई उल्टाएको थियो । खेलको २४ औं मिनेटमा थोमसको गोलबाट भालेकानोले सुरुवाती अग्रता लिएको थियो । भालेकानोले उक्त अग्रतालाई जोगाई राख्नभने सकेन । खेलको ३८ औं मिनेटमा मेस्सीको फ्रि किक पासमा पीकेले गोल गर्दै बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

