फागुन २४, एजेन्सी । युरोपमा लिग अन्तर्गत राउण्ड १६ को पहिलो लेगमा आर्सनल रेन्नेससँग पराजित भएको छ । पहिलो हाफमा १ गोल गरेको आर्सनल त्यसैमा सिमित रह्यो भने रेन्नेसले पहिलो हाफमा १ र दोस्रोमा २ गोल गर्दै २ गोलान्तरको जित हातपारेको हो ।
रेन्नेसको जितमा बेन्जामिन बरिगाउड, नाचो मोन्रियल र इस्माइला सारले गोल गरे । आर्सनलका लागि एलेक्स इवोबीले खेल सुरु भएको ३ मिनेटमै एक गोल गरे भने आर्सनलका सोक्रटिस पापास्थोपोलसले ४१ औँ मिनेटमा रातो कार्ड पाएका थिए ।
२ औँ मिनेटमा आर्सनलको अग्रतालाई बराबरीमा ल्याउन रेन्नेसका बेन्जामिनले गोल गरे । ६५ औँ मिनेटमा नाचोले अर्काै गोल गर्दै रेन्नेसलाई अग्रता दिलाए । खेलको ८८ औँ मिनेटमा रेन्नेसकै तर्फबाट इस्माइलाको गोलबाट रेन्नेसले ३-१को जित पार्याे ।

