फागुन १७, काठमाडाैं । यूएईमा जारी पाकिस्तानी सुपर लिग (पीएसएल)को आफ्नो चौथो खेलमा पनि नेपाली लेगस्पीनर सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशन गरेको छन ।
बिहीबार अबेर राति भएको खेलमा कराची किंग्सविरुद्ध खेलमा सन्दिपले २ विकेट लिए । यस खेलमा सन्दीपले कसिलो बलिङ गरेपनि लाहोर भने ५ विकेटले पराजित भयो। आफ्नो पहिलो ओभरको अन्तिम बलमा उनले कोलिन मुनरोलाई आउट गरे। मुनरोलाई १५ रन मात्रै जोड्न सफल भए । न्युजिल्यान्डका ब्याट्सम्यान मुनरो आइसिसी टी–२० ब्याट्सम्यान वरीयतामा दोस्रो स्थानमा छन्। सन्दीपले आफ्नो व्यक्तिगत दोस्रो ओभरमा कराचीका ओपनर अजामले ११ रन बनाएर खेलिरहदा सन्दीपको बल सामना गर्ने मिडल स्टम्प्ट भाँचिएको थियो। पाकिस्तानका अजाम टी–२० वरीयताका नम्बर एक ब्याट्सम्यान हुन्।
टस हारेर पहिले ब्याटिङ गरेको लाहोरले २० ओभरमा ५ विकेटल गुमाएर १३३ रन मात्रै बनाउन सक्यो। १३४ रनको सामान्य लक्ष्य पाएको कराचीलेले १९।१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो।

