प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

माघ १५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला जितेकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बधाई दिनुभएको छ ।

आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाली टोलीले प्राप्त गरेको सफलताले खेल जगतमा नेपाल उदीयमान शक्तिका रूपमा देखिएको उल्लेख गर्नुभएको छ । प्रधानमनत्री ओलीले खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिनेमा प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

बधाई सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ– “एक दिवसीय क्रिकेट शृङ्खला जित्दै नेपाललाई गौरवशाली सफलता दिलाएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई । अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त यस सफलताले विश्व खेल जगतमा नेपाल उदीयमान शक्तिको रूपमा देखिएको छ, खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिने विश्वास दिलाउँछु ।” नेपालले सोमबार यूएईमा जारी तीन खेलको शृङ्खला २–१ ले जित्दै ऐतिहासिक सफलता प्राप्त गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.