जापानमा आगोले जलेर घाईते भएकी नेपाली चेली सावित्रीको निधन

माघ ८, टोकियो। जापानको युकिमा श्रीमानको साथमा बस्दै आएकी नुवाकोट बिदुरकी ३१ वर्षिय सावित्री नेपाल रिमालको मृत्यु भएको छ।

गत डिसेम्बर १० तारिखका दिन काम गर्ने ठाउँमा केमिकल सरसफाइका क्रममा कोठा तातो बनाउन जलाइएको हिटरबाट आगो सल्किदा उनी गम्भिर घाईते भएकी थिईन। आगलागीबाट उनको शरिरको अधिकांश भाग जलेको थियो । उनको अस्पतालको आकस्मिक कक्षमा उपचार भैरहेको थियो । तर जनवरी २१ तारिख सोमबार बेलुका करिब ९ बजे उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका हुन्।

आगोले अधिकांश भाग जलेर उनको किड्नी ,फोक्सो र कलेजोमा धेरै असर पुगेको थियो। मृतक सावित्री पछिल्लोपटक नोभेम्बर १३ तारिखमा नेपाल गएर जापान फर्किकी थिइन्। उनका दुई सन्तान नेपालमै छन्। उनको दाह संस्कार जापाननै गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.