खप्तड गोल्डकपमा आज नेपाल पुलिस र मोरङ–११ खेल्दै

पुस २५, काठमाडौं । पाँचौं स्थानमा रहँदै सहिद स्मारक ए डिभिजन लिग सकाएको नेपाल पुलिस क्लब जारी सुदूरपश्चिम खप्तड गोल्डकपमा आज मोरङ–११ क्लबबिरुद्ध खेल्दैछ ।

लिगमा गरेको प्रदर्शन र नियमित अभ्यासमा रहेको पुलिस सहज जितको लक्ष्यसहित मोरङ–११ बिरुद्ध खेल्न लागेको हो । धनगढीमा रंगशालामा खेल दिउँसो साढे दुई बजे सुरु हुनेछ ।  आजको विजेताले क्वाटरफाइनलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पीयन मनाङ मर्स्र्याङदी क्लबसँग खेल्नेछ । यसअघि मंगलबार भएको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम–११ मैत्री नेत्रालय काँकडभिटा फुटबल टे«निङ सेन्टरलाई सडनडेथमा नतिजा सुम्पिँदै बाहिरिएको छ ।

१२ टोली सहभागि प्रतियोगिताको विजेताले २१ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले १ सय ५० सिसीको यामाहा मोटरसाइकल पाउने आयोजकले जनाएको छ । विधागत उत्कृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ पाउने छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.