सुवास तामाङ अग्रस्थानमा

पुस २३, काठमाडौं । सुवास तामाङले सोमबार गोकर्ण गल्फ क्लबमा १ अन्डर ७१ स्कोर गर्दै सिएमएस फाल्डो सिरिज नेपाल च्याम्पियनसिपमा पहिलो दिन ३ स्ट्रोककाके अग्रता सहित शीर्ष स्थान कव्जा गरेका छन् ।

पहिलो दिन २ ओभर ७४ खेलेका सूर्य नेपाल इस्टर्न ओपन च्याम्पियन शुक्रबहादुर राई दोस्रो स्थानमा छन् । १७ देखि २१ वर्ष उमेर समूहको पुरुषतर्फ विपिन तामाङ ८ ओभर ८० स्कोरका साथ सबभन्दा अगाडि रहँदा ९ ओभर ८१ खेलेका सुमन नेपाल दोस्रो स्थानमा छन् । यसैगरी १२ देखि १६ वर्ष उमेर समूहको पुरुषमा विनोद तामाङ ४ ओभर ७६ स्कोरसहित अग्रस्थानमा रहँदा साम डोउबार्ड र रितेश तामाङ समान ७ ओभर ७९ स्कोरका साथ संयुक्त रुपमा दोस्रो स्थानमा छन् ।

महिलातर्फ प्रतिभा राईले १३ ओभर ८५ खेल्दै अग्रस्थानमा कव्जा जमाउँदा १७ ओभर ८९ खेलेकी करिश्मा शाह दोस्रो तथा २३ ओभर ९५ स्कोरका साथ जुनी गुरुङ तेस्रो स्थानमा छिन् । नेपाल गल्फ संघ र गोकर्ण फरेष्ट रिसोर्टको संयुक्त आयोजना तथा आइएसएमई प्रालिको प्रायोजनमा जारी प्रतियोगितामा १२ देखि २१ वर्षसम्मका २६ गल्फरको सहभागिता छ । तीन दिनसम्म चल्ने प्रतियोगितामा ५४ होलको प्रतिस्पर्धा हुनेछ । तीन विधामा जारी प्रतियोगिताको सबै विधाका च्यामिपयनले मार्चमा भियतनाममा हुने फाल्डो सिरिज एसिया ग्राण्ड फाइनलको १३औं संस्करणमा भाग लिन पाउनेछन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.