बहिनी, महिला भएर महिलाको लागि पो बोल्नु पर्छ त ! मैले भने

पुस २१, काठमाडौं । फेसबुकमा निक्कै बिबादस्पद स्टाटस लेखिसकेर एकजना ठालू महिलाले खुबै फुर्ती लगाउँदै मेरो म्यासेन्जरमा लेख्नु भो, “बहिनी, महिला भएर महिलाको लागि पो बोल्नु पर्छ त! तपाई किन यस्ता पुरुषको समर्थन गर्दै हिँड्नु हुन्छ “?

मैले भने, “दिदी, सुझाबको लागि हजुरलाई धन्यबाद।तर गाउँमा भुँईसीको भकारो सोर्ने, बाख्राको जुतो थुन्सेमा बोक्ने, साउनको दर्के पानीमा घुम ओढेर कोदो रोप्ने , पर्म गरेर मकै गोड्ने, धान रोप्ने सोझा दिदीबहिनीहरु समृद्द देशमा पुगेपछि त्यहाँ महंगो ह्विस्की तन्काएर , बोतलका बोतल बियर घुड्क्याएर, डिस्को थर्किने गरी हाँसेर आफ्नो औकात भुल्दै खुइलिसकेका आँखाका डिलमा तीनहातका परेला टालेर सुँगुर कटमा सेल्फि हान्दै लोग्नेलाई बेवास्ता गर्ने अनि पारिवारिक खटपट भएपछि सम्बन्ध बिच्छेद गरेर ,करोडौं कुम्ल्याएर , लोग्नेलाई रित्याएर छोडिदिने महिलालाई म कसरी सपोर्ट गरौँ ।?”

“अर्कोकुरो, सम्बन्ध बिच्छेद भैसकेपछि सन्तान को सँग बस्ने भन्ने प्रश्न, कस्ले हेर्ने प्रश्न॥! यदि सन्तान छोरी छन भने आमा जतिसुकै हरामी भएपनि, छुची भएपनि , दिनदिनै पिटने भएपनि ती छोरीहरु आमासँगै बस्न रुचाउँछन । यो मनोवैज्ञानिक तथ्य हो। छोरीको पालनपोषणको जिम्मा दुबैको हुन्छ। त्यसैले सन्तान आमासँग बसेकै आधारमा महिलालाई पारपाचुके भएपछि लोग्नेको सम्पति सुम्पीन्छ र पुरुषलाई रित्याएर छोडिन्छ।अनि बाबुले किन सन्तानको फोटो राखेन , किन माया गरेन भनेर कुनै बानरसेनाहरुले प्रश्न गर्नै पर्दैन।

कसैले सामाजिक सन्जालमा फोटो राखेकै भरमा उस्ले आफ्ना मान्छेहरुलाई माया गर्छ र नराखेकै भरमा हेला गर्छ भनेर बकबक गर्दै न्यायाधिस बन्नु बेकार छ। मैले त्यस्ता मान्छेहरु पनि देखेको छु, जस्ले दिउँसो स्वास्नीलाई काखमा राखेर सेल्फी हानेको तस्विर फेशबुकमा हाल्छ र राती जिउमा निलडाम हुने गरी पिट्छ।

त्यसैले केहि नेतासँग लसपस भएका ठालु महारानीहरु, बिकाऊ पत्रकारहरु र एकदुई पैसा बाँडेकै भरमा स्वघोषित समाजसेवी भएका तर ‘जिन्दगी झण्डवा फिर भि घमण्डवा’हरुले अब फेरिफेरि स्टाटसले आफ्नो फेशबुकको भित्तो घोच्ने, बोक्सी भगाउन धामी कामे जस्तो काम्दै लाईभमा थुतुनो देखाउने र अरुलाई घाँस र आफूलाई गुलाफको फूल ठानेर ठूला कुरा नखोक्ने गरेकै बेस । तपाईँहरुको पनि आन्द्राभुँडी छाम्ने दिन नआओस फेरि॥!हेक्का रहोस मान्यवरहरु, महिला मात्र पीड़ित छैनन्, पुरुष पनि पीड़ित छन यो पागलहरुको बस्तिमा !

कसैको ब्यक्तिगत जीबनमा खाडल खन्न प्रयास गर्ने केहि नारीबादी खेतालाहरु अब एउटा प्रश्नको जबाफ पनि दिनुहोस्”के यो पृथ्वीमा महिलाको मात्र आँशु बिक्नु पर्छ हो? ” लेखिका ः ज्वाला संग्रौला

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.