भक्तपुरमा धाँःवाजा प्रतियोगिताको आयोजना

big bite restro

पुस २१, भक्तपुर। भक्तपुर नगरपालिकाले परम्परागत वाजागाजा जोगाउने उदेश्यले नेवारी मौलिकताको धाँःवाजा प्रतियोगिताको आयोजना गरेको छ ।
गत बर्ष वासुँरी वाजा प्रतियोगिता आयोजना गरेको नगरपालिकाले यस बर्ष धाँःबाजा प्रतियोगितको आयोजना गरेको हो । परम्परागत बाजागाजा बचाउनको लागि यस्ता प्रतियोगिता गर्दै स्थानीयलाई हौसला बढाउदै जाने आयोजकले बताएका छन ।

आज नगर प्रमुख र उपप्रमुखले उद्घाटन गरेपछि भक्तपुर नगरको तेखापुखु टोलवाट प्रतियोगिता शुरु भएको थियो । धाँःवाजा प्रतियोगिताका सहभागीहरुले तेखापुखु टोलबाट नै धाँःबाजा सँगै भुछ्या, शिछ्या लगायतका वाजा बजाउदै दतात्रय सम्म पुगेका थियो । त्यस लगतै दतात्राको मञ्चमा पाँच पाँच मिनेटको धाँःवाजा प्रर्दशनी गरिएको थियो । प्रतियोगितमा भक्तपुरका विभिन्न दाफा, भजन, क्लव ,विद्यालय तथा समुहका गरि जम्मा ३७ टोलीले सहभागिता जनाएका छन ।

प्रतियोगितमा प्रथम हुनेलाई नगद ३० हजार रुपैयाँ र धाँ ,भुछ्या र सिछ्या दिएको थियो भने द्वीतियलाई नगद २५ हजार, धाःवाजा र भुछ्या एक थान तथा तृतीय हुनेलाई नगद २० हजार र धाँःवाजा तथा शिछ्या एक थान पुरस्कार दिएको थियो । त्यस्तै सान्त्वना हुने दुई टोलीलाई नगद दश दश हजार र धाँःवाज एक थान तथा सहाभागी सवैलाई दुइ दुई हजार खाजा खर्च र धाँःवाजा एक एक थान प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार